Kathmandu Press

ओम्नी समूहसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द 

काठमाडौं, चैत १९ : सरकारले ओम्नी समूहसँगको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द

ओम्नी समूहसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द 

काठमाडौं, चैत १९ : सरकारले ओम्नी समूहसँगको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको छ। 

चीनबाट पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला ओम्नी समूहसँग गरिएको खरिद सम्झौता रद्द गरिएको हो। 

बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द गरिएको  जानकारी दिए।

उनले ओम्नी समूहले सरकारले भने अनुसारका स्वास्थ्य सामग्री ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताए। ‘पहिलो चरणमा सरकारले भनेअनुसार सामान ल्याउन सकेन र दोस्रो चरणको सामान कहिले ल्याउने भन्ने स्पष्ट पार्न नसकेकाले सम्झौता रद्द गरिएको हो,’ उनले भने।

उनका अनुसार ओम्नीको पाँच करोड रुपैयाँ धरौटी जफत समेत गरिएको छ। ओम्नी समूहलाई कालोसूचीमा राख्न पनि सिफारिस गरिएको श्रेष्ठले बताए।

उनले बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने बताए। 'तीन दिनको बोलपत्र आह्वान गरेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने हाम्रो तयारी छ,' उनले भने।
 


 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, चैत १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्