Kathmandu Press

कोरोनाबाट ज्यान जोगाउने कति छन् भेन्टिलेटर?

काठमाडौं, चेत १८ : कोरोना भाइरसको विश्वव्यापी महामारीमा ज्यान जोगाइरहेको एउटै साधन हो, भेन्टिलेटर। त

कोरोनाबाट ज्यान जोगाउने कति छन् भेन्टिलेटर?

काठमाडौं, चेत १८ : कोरोना भाइरसको विश्वव्यापी महामारीमा ज्यान जोगाइरहेको एउटै साधन हो, भेन्टिलेटर। तर, देशभर मात्रै होइन, काठमाडौं उपत्यकामै पनि भेन्टिलेटरको अभाव रहेको छ। तत्काल आवश्यक नयाँ भेन्टिलेटर थपिने संकेत पनि देखिएको छैन।

मंगलबारसम्म कोरोना भाइरसबाट ३७ हजार आठ सय १५ जनाले ज्यान गुमाएका छन्। जसमा भेन्टिलेटरको आवश्यक प्रबन्ध भएको जर्मनीमा ६६ हजार आठ सय ८५ जना बिरामी हुँदा ६ सय ४५ जनाले मात्रै ज्यान गुमाएका छन्। तर, भेन्टिलेटरको प्रयाप्त प्रबन्ध नभएका इटालीमा ११ हजार पाँच सय ९१ र स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन्। जुन कोरोनाको उद्गम भएको चीनको भन्दा पनि बढी हो।

अहिले संसारभरका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बिरामीको ज्यान जोगाउन स्वास्थ्य पूर्वाधारसँगै संघर्ष गरिरहनुपरेको छ। त्यसमा पनि भेन्टिलेटर सबैभन्दा बढी आवश्यक भइरहेको छ। किनकि, कोरोना भाइरसले स्वासप्रस्वास प्रणालीमै हानिरहेको छ।

Hardik ivf

यतिवेला कोरोनाका बिरामीलाई स्वासप्रस्वास सहज बनाउन भेन्टिलेटर महत्वपूर्ण बनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाका ६ बिरामीमध्ये एक जना सिकिस्त हुनेगरेको पाइएको छ, जसलाई स्वासप्रस्वास सहज बनाउन भेन्टिलेटर नै सहयोगी बनिरहेको छ।

अहिले सबैभन्दा बढी कोरोनाका बिरामी अमेरिकामा देखिएका छन्, एक लाख ६४ हजार दुई सय ५३ जना। अहिले अमेरिकामा दुई लाख भेन्टिलेटर रहेका छन्। अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेन्टिलेटर थप्नमै जोड दिइरहेका छन्। उनले कम्पनीहरुलाई तत्काल नयाँ भेन्टिलेटर आपूर्ति गर्न निर्देशन दिएका छन्।

तर, नेपालमा भने प्रयाप्त मात्रामा भेन्टिलेटर छैनन्। देशका अन्य शहर त छोड्नुस, काठमाडौंमै पनि भेन्टिलेटरको संख्या न्यून रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा दुई सय ६० मात्रै भेन्टिलेटर रहेका छन्। ‘देशभरको तथ्यांक त छैन, काठमाडौंमा पनि कमै छन्, थप्ने प्रक्रियामा छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने।

अहिले नेपलामा पाँच जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ। एक जना निको भएर घर फर्किसकेका छन भने चार जनाको उपचार भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले जतिसक्दो कोरोना भाइरसको परीक्षण गर्न आग्रह गरेको छ। परीक्षणको त अभाव छ नै त्यसपछि आवश्यक उपचार सामग्रीको पनि कमि रहेको चिकित्सक बताउँछन्। ‘संक्रमित मानिसहरुका लागि आवश्यक आईसीयू र भेन्टिलेटर पर्याप्त छैनन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले भने।

उनी यस अघि पनि भेन्टिलेटरको अभाव हुँदै आएको बताए। ‘नेपालमा विगतका दिनहरुमा पनि भेन्टिलेटरको अभाव नै देख्न्थ्यिो। तर, हाल कोरोना भाइरसका कारण यो अझ आवश्यक रहेको हुँदा प्रयाप्त आईसीयू र भेन्टिलेटर हुनु जरुरी छ,’ डा.पुनले भने।

अहिले कोरोनाको शुक्रराजमा उपचार हुँदै आएको छ। यसमा पनि तीन वटामात्रै भेन्टिलेटर छन्। तर, तिनलाई चलाउन डाक्टर छैनन्। ‘तीन वटा भेन्टिलेटर छन्, तर त्यसलाई चलाउने डोक्टरहरु नभएकाले त्यस्तो अवस्थामा पाटन अस्पतालमा पठाउने गरेका छौँ,’ उनले भने।

अन्य सरकारी अस्पतालको अवस्था पनि उस्तै छ। निजी अस्पतालमा मात्रै भेन्टिलेटर सञ्चालनमा छन्। जहाँ कोरोनाको उपचार गर्न तयारी गरिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भेन्टिलेटर थप्ने प्रक्रिया चलिरहेको बताए। दुई सय ३५ वटा भेन्टिलेटर थप्ने प्रक्रियामा रहेको बताउँदै उनले भने, ‘दुई सय ३५ वटा भेन्टिलेटर मगाएको थियौं, १० वटा आइसकेका छन्, अरु बाँकीका लागि प्रक्रिया हुँदै छ।’

त्यस्तै, देशभर आईसीयूको पनि अभाव रहेको छ। काठमाडौंमा पनि एक सय ७६ आइसीयू रहेका छन्। ति पनि प्रायः खाली हुँदैनन्।

भेन्टिलेटरले कसरी बचाउँछ ज्यान?

अहिलेसम्म बिरामीको उपचारमा संलग्न चिकित्सकका अनुसार, कोरोना भाइरसले फोक्सोका तन्तु नष्ट गरिरहेको छ। तन्तुहरु नष्ट हुँदा फोक्सालाई रगतमा अक्सिजन पठाउन अप्ठ्यारो हुने गरेको छ।

यस्तोवेला निमोनिया पनि हुने गरेको छ। यो पढ्दै जाँदा एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने गर्छ। जसले शरीरका अन्य अंग मुटु, मिर्गौलालगायतलाई पनि हानी पु¥याउने गर्छ। जसले कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु हुन्छ।

यस समस्यालाई सुल्झाउन भेन्टिलेटरले बिरामीको फोक्सोमा अक्सिन पठाउँछ। सँगसँगै स्वासप्रस्वासमा पनि सहयोग गर्छ।

अर्को, भेन्टिलेटरले मानिसको शरीरभित्र तापक्रम र आद्रता पनि थप्छ। बिरामीको शरीरको तापक्रमसँत सन्तुलन मिलाएर भेन्टिलेटरले तापक्रम र आद्रह थप्नेगर्छ।

कोरोना भाइरसको संक्रमणबाट गम्भीर भएका बिरामीलाई मात्रै होइन, अलिअलि सकस भएका बिरामीलाई समेत भेन्टिलेटरले सहयोग गर्छ। जसले गर्दा कोरोनाबाट मृत्यु हुनबाट जोगिने गरेको छ।

प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, चैत १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्