Kathmandu Press

वीर अस्पतालमा दुई बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

काठमाडौं, चैत १७ : उपचारका लागि वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु भएको छ। 

वीर अस्पतालमा दुई बिरामीको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

काठमाडौं, चैत १७ : उपचारका लागि वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु भएको छ। 

सोमबार दिउँसो उपचारका क्रममा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको हो। तर, उनीहरु कोरोनाबाट संक्रमित थिए किन थिएनन् भन्नेबारे रिपोर्ट आइसकेको छैन। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका डा. विकास देवकोटाका अनुसार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा ज्वरोसहित उच्च रक्तचापका बिरामी र कालिमाटीतिर बस्ने भारतीय नागरिक रहेका छन्। भारतीय नागरिकमा पनि ज्वरो देखिएको उनले बताए। 

कोरोनाको परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र परीक्षणको रिपोर्ट आउन बाँकी रहेको डा. देवकोटाले बताए। ‘मृतकमध्ये उक जना ज्वरोसहितको उच्चरक्तचापको बिरामी र एक जना भारतीय नागरिक हुनुहुन्छ। कोरोना परीक्षणका लागि नमूना संकलन गरेर पठाइएको छ। परीक्षणको रिपोर्ट आउन बाँकी छ,’ उनले भने। 

परीक्षणको रिपोर्ट आएपछि सार्वजनिक गर्ने उनले बताए। 

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्