Kathmandu Press

भारतबाट आएर वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

काठमाडौं, चैत १७ : भारतबाट आएर उपचारका लागि वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ।&nb

भारतबाट आएर वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु

काठमाडौं, चैत १७ : भारतबाट आएर उपचारका लागि वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ। 

बेहोस अवस्थामा आइतबार साँझ उपचारका लागि वीर अस्पताल ल्याइएकी चन्द्रागिरी नगरपालिका बडा नम्बर १५ की ३४ वर्षीया युवतीको सोमबार  मृत्यु भएको हो। ज्वरोबाट ग्रसित ती युवतीको उपचारका क्रममा मृत्यु भएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए। 

ती युवती अघिल्लो सातामात्रै भारतबाट काठमाडाैं आएको पनि खुलेको छ। उच्च ज्वरो रहेको र श्वाश फेर्न गाह्रो भएको पाइएपछि कोरोनाको शंका लागेर स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको छ।

परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको डा. सेञ्चुरीले बताए। ।

 

 

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्