Kathmandu Press

‘कोरोना भाइरस तत्काल नियन्त्रणमा नआए अर्थतन्त्रको मेरुदण्डमै प्रहार हुन्छ’

कोरोना भाइरसका कारण देशमा आर्थिक संकट आउने सम्भावना ?
शाब्दिक रुपमा भन्नु पर्दा कोरोना भाइरसक

‘कोरोना भाइरस तत्काल नियन्त्रणमा नआए अर्थतन्त्रको मेरुदण्डमै प्रहार हुन्छ’
रामेश्वर खनाल, पूर्वअर्थ सचिव

कोरोना भाइरसका कारण देशमा आर्थिक संकट आउने सम्भावना ?
शाब्दिक रुपमा भन्नु पर्दा कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा सृजना हुने उतारचढावलाई आर्थिक संकट भन्नु उपयुक्त हुँदैन। किनभने हालसम्म पनि हाम्रो देशको अर्थतन्त्र त्यती बलियो भइसकेको अवस्था छैन।

विगतमा पनि अन्तराष्ट्रिय संकट भएको समयमा नेपालको अर्थतन्त्रमा ठूलो असर परेको थिएन। तसर्थ कोरोना भाइरसका कारण पनि त्यस्तो ठुलो आर्थिक संकट नै व्यहोर्नु पर्ला जास्तो मलाई लाग्दैन।

कुन क्षेत्रमा यसले बढी प्रभाव पार्छ ?

Hardik ivf

कोरोना भाइरसले अत्याधिक प्रभाव पर्ने क्षेत्र भनेकै पर्यटन, वित्तिय क्षेत्र र रेमिटेन्स हो । यी तीन क्षेत्रमा यसले मुख्य प्रभाव पर्ने सम्भावना छ र यी तीन क्षेत्र नै हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। विगत ३ वर्ष यता पर्यटन क्षेत्रमा अत्याधिक लगानी भएको छ । सरकारले भ्रमण वर्ष २०२० को आयोजना गर्दा पनि धेरै व्यवसायीहरुले यस क्षेत्रमा लगानी गरेका छन्।

तर अब त्यो लगानीको प्रतिफल नआउने लगभग तय नै भइसकेको छ। अहिले धेरै रेष्टुरेन्ट तथा होटलहरु बन्द भइसकेको अवस्था छ । दोस्रो यसकै कारणले बैंकहरु प्रभावित बनेको छ। व्यवसायीहरुले लिएको ऋण समयमा तिर्न नसक्ने अवस्थाहरु सृजना हुन्छ र बैंकको ऋण समस्याग्रस्त हुन्छ।

त्यस्तै यदि केही गरी यो लम्बिँदै गयो भने रेमिटेन्समा पनि यसले प्रभाव पार्न सक्छ। विगतमा अन्य क्षेत्रहरुमा प्रभाव परे पनि यो क्षेत्रमा खास्सै असर परेको थिएन। तर हाल खाडी मुलुकमा व्यापक रुपमा नेपाली कामदारहरु गएको हुँदा उनीहरुलाई फर्काउने सम्भावना छ।

खाडीमा रोजगारीका लागि गएका नेपालीहरु फर्कने अवस्था आए के होला?

तत्कालका लागि उनीहरु फर्केको खण्डमा नेपाल सरकारले उनीहरुका लागि रोजगारी सृजना गर्न सकेन भने यसले समस्या सृजना गर्न सक्छ । वैदेशिक विनिमय घट्ने सम्भावना पनि हुन्छ। यसबाहेक कोरोना भाइरसको समयावधि लम्बिँदै गए पर्यटन, वैदेशिक रोजगारी र वित्तिय क्षेत्र भन्दा बहिर खास्सै असर पर्दैन।
 
कोरोना भाइरसको कारण पर्ने असरलाई सरकारले कसरी समाधान गर्न सक्छ?

हालको लागि सरकारले गर्न सक्ने भनेको बैंकहरुले लिएको ऋणलाई सरलता प्रदान गर्ने हो। जुन राष्ट्र बैंकको मातहतमा रहेको हुन्छ। जस्तै रिफाइनान्सको व्यवस्था गर्ने, पैसाको आवश्यकता परेमा कम ब्याजदरमा ऋण प्रदान गर्ने, वैदेशिक रोजगारबाट मानिसहरु फर्केमा स्वरोजगारी सृजना गर्नेलगायतका कामहरु गरेमा कोरोना भाइरसको प्रभावबाट निम्तिएको आर्थिक समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ।

अर्थतन्त्रमा आउनसक्ने संकटको खतरा हटाउन सरकार र निजी क्षेत्रहरुको के भुमिका रहन्छ ?

आर्थिक संकटको खतरालाई हटाउन हाल सरकारले एउटा बिशेष समिति नै गठन गर्न जरुरी छ। इकोनोमिक रेस्पोन्स टिम नै गठन गरेमा कहीँकतै संकट आइहालेमा तुरुन्तै राहत प्रदान गर्न सकिन्छ।

त्यस्तै निजी क्षेत्रहरुले पनि हाल देखिएको कालोबजारी, अनावश्यक मूल्य बृद्धि, कार्टलिङलगायतका कार्यहरु नियन्त्रण गर्नु पर्छ। सर्वसाधारणलाई मार हुने किसिमको कुनै पनि कार्य नगर्न व्यवसायी आफै सजक हुन जरुरी छ। साथै सम्बन्धित निकायले पनि यसतर्फ विशेष ध्यान दिएर निगरानी गर्न आवश्यक छ।

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्