कोरोना कहर : स्वदेश फर्किएकालाई संगरोधमा बस्न सरकारको निर्देशन
काठमाडाैँ, चैत ३: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदोक्रममा रहेपछि नेपाल सरकारले विदेशबाट आउने नाग
काठमाडाैँ, चैत ३: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदोक्रममा रहेपछि नेपाल सरकारले विदेशबाट आउने नागरिकलाई संगरोध (सेल्फ क्वारेन्टाइनमा) बस्न भनेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबै नागरिकलाई सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने भन्दै आफ्नो व्यवस्था आफैँ गर्न सुझाएका हुन्।
तर विदेशबाट आउने नागरिकले सेल्फ क्वारेन्टाइनमा नवस्दा स्वदेशमै रहेका नागरिकहरुको स्वास्थ्य जोखिममा परिरहेको छ।'विदेशबाट आएका नागरिकहरु सेल्फ क्वारेन्टाइनमा नवस्दा आफू सहित अरुको स्वास्थ्य समेत जोखिममा पर्छ। सेल्फ क्वारेन्टाइनको महत्व बुझेर आफैले इमान्दारितापूर्वक पालना गर्नुपर्छ,' सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाल विभिन्न देशबाट ३० वटा मात्र उडान भइरहेको छ। सरकारले विदेशबाट आउने नागरिकलाई आगमन कक्षमा संगरोधमा बस्न सुझाव दिन्छ तर कसरी बस्ने भन्ने सुचना प्रवाह गर्न सकेको छैन।
संगरोधमा कसरी बस्ने ?
कोरोना संक्रमण फैलन नदिन संगरोधको पालना जरुरी छ। ८० वटा देशमा कोरोनाको कहर छ। ती देशमा कोरोना संक्रमितको संख्या ९५ हजार छ। कोरोनाको संक्रमण रहेका देशबाट फर्किएका नागरिक संगरोधमा बस्नुपर्छ। १४ दिनसम्म बाहिरी सम्पर्कमा आउनुहुँदैन।
यसको मतलब त्यस्ता व्यक्ति सार्वजनिक सवारीसाधनमा सवार गर्नुहुँदैन। घरमा आउने पाहुनालाई निषेध गर्नुपर्छ। १४ दिनसम्म परिवारका सदस्यसँग पनि बाक्लो भेटघाट हुनुहुँदैन। संगरोधमा परिवारका सदस्यले अत्यावश्यक वस्तु उपलब्ध गराउँदा निजको दैलोमा नजिक छोड्नुपर्छ।
कोरानाका लक्षण
संगरोधको अवधि १४ दिन भएपनि यस्ता लक्षण देखापरेमा त्यसलाई स्वास्थ्यकर्मीको परामर्शमा लम्ब्याउनुपर्ने पुन बताउँछन्। त्यस्ता व्यक्तिहरुले सामुहिक क्षेत्रमा प्रवेश गर्नुपरेमा मास्क लगाउनुपर्छ भने खकार वा सिँगान जथाभावी फाल्ननहुने र आफ्नो हात नियमितरुपमा सफा राख्नुपर्ने सुझाव डा पुनले दिएकाछन्।
संगरोधमा रहेका व्यक्तिले प्रयोग गरेको सामाग्री सेनिटाइजरले सफा गरिरहनुपर्छ। संगरोधको पालना नगर्ने व्यक्तिलाई अन्य देशहरुमा कारबाहीको व्यवस्था समेत रहेको छ। नेपालमा भने विदेशबाट आएका नागरिकले पालना गरे नगरेको अनुगमन गर्ने संयन्त्र तयार भएको छैन। कोरोना भाइरसबाट आफू पनि जोगिन र अरुको समेत ज्यान जोखिममा नपार्न संगरोध निकै महत्वपूर्ण छ। संगरोधको कडा पालना नभए कोभिड १९ को संक्रमणबाट अझै धेरैको ज्यान जान सक्ने विश्व स्वास्थ्यसंगठनको चेतावनी छ।
भाइरस फैलने केही तरिका स्वास्थ्यकर्मीहरुले पत्ता लगाएपनि मानिसबाट मानिसमा संक्रमण हुने पूर्ण तरिका स्वास्थ्यकर्मीहरुले ठम्याउन सकेका छैनन्।
''भाइरसको संक्रमण सिँगान खकारबाट हुने भनिएपनि अरु कस्तो कस्तो अवस्थामा मानिसबाट मानिसमा संक्रमण फैलन्छ भन्ने तथ्य पत्ता लागेको छैन।भाइरस संक्रमणको तरीका नबुझ्नुनै अहिलेको ठूलो समस्या हो,' लण्डन स्कुल अफ हाइजिनका प्राध्यापक डेभिड हेम्यानले अन्तर्राष्ट्रिय मिडियाहरुसँगको कुराकानीमा भनेका छन्।
संक्रमणको जोखिम घर पालुवा जनावरबाट समेत हुने भएकाले उनीहरुबाट पनि टाढै रहन मानिसहरुलाई सुझाव सरूवारोग विशेषज्ञले दिएका छन्।