Kathmandu Press

विश्वकप छनोटमा नेपाल आठ विकेटले विजयी

काठमाडौं, वैशाख २ : यू–१९ विश्वकपका लागि एशिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मेलसियालाई आठ विकेटले पराजित गरेको छ।

सोमबार मलेसि....

विश्वकप छनोटमा नेपाल आठ विकेटले विजयी

काठमाडौं, वैशाख २ : यू–१९ विश्वकपका लागि एशिया क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मेलसियालाई आठ विकेटले पराजित गरेको छ।

सोमबार मलेसियाले दिएको ९३ रनको लक्ष्यलाई नेपालले दुई विकेट गुमाउँदै १३ ओभरमा पूरा गरेको हो । नेपालका लागि रित गौतमले ३९, आसिफ सेखले २६, पवन सर्राफले १९ र रोहितकुमार पौडेलले ६ रन बनाए।

मलेसियाका लागि अफिक स्याकिर र स्युक्रि मडेलीले एक/एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ३३.५ ओभरमा ९२ रनमै समेटिएको थियो । मलेसियाका लागि लेजाट डेनियल फिक्रीले ३७, मोहम्मद अमिरले १३ र हकिम हरिसनले १० रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन्।

नेपालका लागि पवन सर्राफ र कुशल मल्ले तीन/तीन, किसनसिंह ऐरीले दुई र शौरभ ढकालले एक विकेट लिएका थिए।

पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा वर्षा कारण दुई अंक गुमाउन पुगेको थियो । यो जितसँगै नेपालले चार अंक जोडेर अंक तालीकाको दोस्रो स्थानमा छ । त्यस्तै, तीन खेल जितेको यूएई ६ अंकसहित शीर्षस्थानमा रहेको छ।

यू–१९ विश्वकप छनोटका लागि नेपालले अबका सबै खेल जित्नै पर्ने छ । नेपालले अब मंगलबार ओमनसँग र बिहीबार कुवेतसँग खेल्ने छ।

 

प्रकाशित मिति: ११:०१ बजे, सोमबार, वैशाख २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्