मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
काठमाडौं, फागुन २१ : मिर्गौलाको पुन: प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओ

काठमाडौं, फागुन २१ : मिर्गौलाको पुन: प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन्।
मिर्गौलाको पुनः प्रत्यारोपण सफल भएपछि त्रिवि शिक्षण अस्पतालमा बुधबार दिउँँसो आयोजित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।
उनले प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न पनि सुरु गरिसकेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइनेछ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रा. डा. उत्तम कुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमार लगायतको टोलीले गरेको थियो।











