Kathmandu Press

समीक्षाको एउटा मिर्गौला निकालियो, प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिँदै

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा प्रत्यारोपण गर्न उनकी भान्जी समीक्षा संग्

समीक्षाको एउटा मिर्गौला निकालियो, प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरिँदै
फाइल फाेटाे

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा प्रत्यारोपण गर्न उनकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला निकालिएको छ।

त्रिवि शिक्षण अस्पतालका अनुसार, केहीवेर अघि समीक्षाको एउटा मिर्गौला निकालिएको हो। मिर्गौला निकालेपछि उनलाई अरेसन वार्डबाट पोस्ट अपरेटिभ वार्डमा सारिएको छ।

अब प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिनेछ। उनलाई बिहान १० बजे अपरेसन वार्डमा लगिएको थियो। चिकित्सकहरूका अनुसार, प्रत्यारोपण गर्न करिब पाँच घन्टा लाग्नेछ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रा.डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ। ब्याकअपका लागि सिंगापुर र भारतबाट पनि चिकित्सक आएका छन्।

मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो। ओली  मिर्गौला प्रत्यारोपणको लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।

 

प्रकाशित मिति: १२:४० बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्