Kathmandu Press

डा.युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त

काठमाडौं, फागुन २१ : डा.युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डा

डा.युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त

काठमाडौं, फागुन २१ : डा.युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पुनः अर्थमन्त्री नियुक्त गरेकी हुन्। डा.खतिवडाले मंगलबार अर्थमन्त्रीबाट राजीनमा दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उनलाई अर्थमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। डा.खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।

यस अघि उनी मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल मंगलबार सकिएपछि उनले अर्थमन्त्रीबाट पनि राजीनामा दिएका थिए।

मंगलबार राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिएको छ। जसमध्ये १८ जना सातै प्रदेशबाट निर्वाचित भएर आएका छन्। उनीहरू आज सपथ लिनेछन्।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने एक जनाको भने टुंगो लागेको छैन। नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई रिफारिश गर्ने सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

तर, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा.खतिवडालाई नै सिफारिस गर्ने अडान लिएपछि विवाद भएको थियो। त्यहि बिबादका कारण एक जना सदस्यको मनोनयन हुन सकेको छैन।

तथापि, अर्थमन्त्रीमा डा.खतिवडाको नियुक्त भएको छ। संविधानअनुसार, प्रतिनिधिसभा र राष्ट्रिय सभाको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन पाउछ। तर, मन्त्री नियुक्त भएको ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रिय सभाको सदस्य भइसक्नुपर्छ।

प्रकाशित मिति: १०:३५ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्