Kathmandu Press

प्रधानमन्त्री ओली ‘अपरेसन थियटर’ मा, यस्तो छ उपचारमा संलग्न चिकित्सकको टोली

काठमाडौं, फागुन २१ : मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण

प्रधानमन्त्री ओली ‘अपरेसन थियटर’ मा, यस्तो छ उपचारमा संलग्न चिकित्सकको टोली

काठमाडौं, फागुन २१ : मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘अपरेसन थियटर’ कक्षमा लगिएको छ ।

ओलीको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी पुरा गरेर उनलाई ‘अपरेसन थियटर’ मा लगिएको अस्पताल श्रोतले जनाएको छ ।  मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षणको काम गरिने अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा सर्जनको नेतृत्व डा. प्रेम ज्ञवालीको टिमले गर्नेछ । टिममा ज्ञवालीसहित अन्य स्वदेशी तथा विदेशी चिकित्सकहरु पनि समावेश रहेका छन्  । यस्तै फिजिसियन टिममा डा. दिब्या सिंह शाह सहित ५ जना रहनेछन्। 

सिंह प्रधानमन्त्री ओलीकी निजी चिकित्सक समेत हुन् । यसैगरी ओलीको उपचारमा आइसियू तथा क्रिटिकल केयर टिमको नेतृत्व डा. सुवास आचार्यले गरेका छन् । डा. प्रमेश श्रेष्ठ नेतृत्वको टोलीले ‘एनेस्थेसिया’ टिमको नेतृत्व गरेको छ। 

प्रकाशित मिति: ०८:५९ बजे, बुधबार, फागुन २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्