Kathmandu Press

नेपालको भाग्य हङकङको हातमा 

काठमाडौं, फागुन २० : यसै वर्ष हुने एसिया कप क्रिकेटको पहिलो चरण छनोटको रुपमा रहेको एसीसी इस्टर्न रिज

नेपालको भाग्य हङकङको हातमा 

काठमाडौं, फागुन २० : यसै वर्ष हुने एसिया कप क्रिकेटको पहिलो चरण छनोटको रुपमा रहेको एसीसी इस्टर्न रिजन टी २० प्रतियोगितामा नेपालको भाग्य हङकङको हातमा पुगेको छ। मंगलबार भएको मलेसिया र सिगापुर तथा हङकङ र थाइल्याडबीचको खेलमा सिगापुर र हङकङ बिजयी भएपछि एसिया कप छनोटमा पुग्न नेपालले हङकङको भर पर्नु परेको हो।

मंगलबार भएको खेलमा सिगापुर र हङकङ बिजयी भएपछि प्रतियोगिताको शीर्ष २ रहने नेपालको सम्भावना गणीतिय रुपमा मात्र बाँकी छ। 

उपाधि जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाल २ खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको हो। नेपाल, मलेसिया, सिंगापुर, हङकङ र थाइल्यान्ड सम्मिलित एसिसी इस्टर्न रिजनबाट शीर्ष दुई टिमले एसिया कप छनोट खेल्न पाउने छन्।

थाइल्इान्डमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सिंगापुरले मलेसिया र हङकङले आयोजक थाल्यान्डलाई पराजित गरेसँगै नेपालको एसिया कप सपना लगभग सकिएको हो।  

प्रतियोगिताामा खराब प्रदर्शन गरेको नेपालले अझै दुई खेल खेल्न बाँकी छ। तर, दुवै खेलमा जित निकालेर मात्र नेपाल शीर्ष दुईमा पर्न सक्ने छैन। त्यसका लागि नेपालले सिंगापुर र हङकङलाई ठूलो अन्तरले हराउनु पर्ने छ भने हङकङले पनि सिंगापुर र मलेसियालाई फराकिलो अन्तरले नै पराजित गर्नुपर्ने छ।

यस्तो अवस्थामा हङकङ ८ अंकसहित शीर्ष स्थानमा रहेन छ भने नेपाल, सिंगापुर र मलेसियाको समान ४ अंक हुने छ र रनरेटका आधारमा नेपाल दोस्रो हुन सक्ने छ। 

नेपाल पहिलो खेलमा मलेसियासँग अप्रत्यासित रुपमा २२ रनले पराजित भएको थियो। नेपाल मलेसियासँग ११ वर्षपछि पराजित भएको थियो। दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो। दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो।

मंगलबारका दुवै खेलमा विपरित नतिजा आयो र नेपाल प्रतियोगिताबाट बाहिरियो । मंगलबार पहिलो खेलमा सिंगापुरले मलेसियााथि १२८ रनको फाराकिलो जित निकालेसँगै नेपालको सम्भावना झिनो बनेको थियो। दोस्रो खेलमा पनि हङकङले थाइल्यान्डमाथि ८ विकेटको सहज जित निकालेपछि नेपालको गणीतिय सम्भावना मात्र बाँकी रहेको हो।

प्रतियोगितमा सिंगापुर, हङकङ र मलेसियाको समान ४ अंक छ। सिंगापुर र हङकङले समान २ खेल खेलेका छन् भने मलेसियाले ३ खेल खेलेको छ। रनरेटका आधारमा सिंगापुर शीर्ष स्थानमा छ भने हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। नेपाल र थाइल्यान्ड भने अंकबिहीन छन्।

प्रतियोगितामा अब ४ खेल बाँकी रहेका छन् । जसमा नेपाल र थाइल्यान्ड तथा सिंगापुर र हङकङबीचको खेल बुधबार हुने छ भने नेपाल र सिंगापुर तथा हङकङ र मलेसियाबीचको खेल शुक्रबार हुनेछ। यी ४ खेलबाटै एसिया कप छनोटमा पुग्ने २ टिमको टुंगो लाग्ने छ।

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्