Kathmandu Press

कसरी बढाउने कोरोना भाइरससँग लड्ने क्षमता?

काठमाडौं, फागुन २० : दुई महिनाअघि चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संसारभर फैलिएको छ। तीन हजा

कसरी बढाउने कोरोना भाइरससँग लड्ने क्षमता?

काठमाडौं, फागुन २० : दुई महिनाअघि चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस संसारभर फैलिएको छ। तीन हजार एक सय १६ जनाको मृत्यु भइसकेको छ भने ७३ देशका ९० हजारभन्दा बढी बिरामी परेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, अझै यो नियन्त्रणमा आउने छाँट देखिएको छैन। डब्लूएचओले उच्च जोखिम रहेका पाँच देशमा नेपाललाई पनि राखेको छ। चीनसँगै भारतमा पनि संक्रमण देखिएकाले नेपाल पनि सतर्कता अपनाउन थालिएको छ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार, यसबाट जोगिन केही सतर्कता अपनाउन सकिन्छ। यससँगै कोरोना भाइरससँग लड्ने क्षमता पनि बढाउन सकिन्छ।

जनस्वासथ्य विज्ञ डा.रवीन्द्र पाण्डेका अनुसार, खानपिन, सरसफाइ र घुमिफरमा ध्यान दिनसक्यो भने कोरोना भाइरससँग लड्ने क्षमता बढाउन सकिन्छ।

उनका अनुसार, रोगसँग लड्ने क्षमता बढाए भाइरससँग डराउनु पर्दैन्। ‘हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन्. त्यसमध्ये नोबेल कोरोना एउटा भाइरस हो,’ डा.पाण्डे भन्छन्, ‘रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ, रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन।’

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले दिएका कोरोना भाइरससँग लड्ने क्षमता बढाउने टिप्स :

१) पोषिलो र घरमा बनेको खानेकुरा खाने बानी बसालौं, हरियो सागसब्जी, फलफूल, दूध, गेडागुडी नियमित खाने गरौं। खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौं, भिटामिन सी, बी–६, ई, जिंकलगायत पोषण पाउने खाना सेवन गरौं।

२) नियमित व्यायाम, योग, हाइकिंग गरौँ, खेल खेल्ने बानी बसालौं।

३) घाममा बसौं।

४) नियमित अनुलोम, विलोम गरौं। यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ।

५) चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं।

६) बिहान–बेलुका नियमित एक–एक चम्चा घ्यू खाने गरौं।

७) लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ।

८) भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलफूलको नियमित सेवन गरौँ।

९) पर्याप्त मात्रामा सुतौं।

१०) पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौं।

११) मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ।

१२) दिल खोलेर हाँस्ने गरौँ।

१३) नियमित चिया र कफी (दुध, चिनी नहालेको) सेवन गरौँ।

१४) ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौं।

१५) सरसफाइमा अल्छी नगरौं।

(डा.पाण्डेको फेसबुकबाट)

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, फागुन २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्