Kathmandu Press

सरकारलाई सर्वोच्चले भन्यो- आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्नू 

काठमाडौं, फागुन १९ :  सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक परे अन्तर्राष्ट

सरकारलाई सर्वोच्चले भन्यो- आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्नू 
फाइल

काठमाडौं, फागुन १९ :  सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत रोक्न आदेश दिएको छ। 

सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमण रोकथाम गर्न आवश्यक पर्दा अन्तर्राष्ट्रिय उडान रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो। 

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कोरोनाको गम्भीर संक्रमण फैलिएका देशबाट सिधै वा ट्रान्जिट भएर आउनेहरुको स्वास्थ्य परीक्षण अनिवार्य गर्न पनि आदेश दिएको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिँदै गएपछि अधिवक्ता राजवंशीले अन्तर्राष्ट्रिय उडान रोक्न र विदेशबाट आउनेको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल प्रवेशको अनुमति दिन माग गर्दै रिट दायर गरेका थिए। 


 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्