Kathmandu Press

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा सिंगापुर र भारतका डाक्टर ब्याकअपमा

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार हुने मिर्गौैला प्रत्यारोपणमा यसअघि उपचारम

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दा सिंगापुर र भारतका डाक्टर ब्याकअपमा
फाइल फाेटाे

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार हुने मिर्गौैला प्रत्यारोपणमा यसअघि उपचारमा संलग्न सिंगापुर र भारतका चिकित्सकहरू पनि सहभागि हुने भएका छन्।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार प्रत्यारोपण टिममा यसअघि उपचार गरिएको सिंगापुरको नेस्नल युनिर्भसिटी अस्पताल र नयाँ दिल्लीको एपोलो अस्पतालका चिकित्सक पनि सहभागि हुनेछन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने प्रत्यारोपणमा अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्राध्यापक डा.प्रेमराज ज्ञवालीले नेतृत्व गर्ने भएका छन्।

प्रत्यारोपणको लागि शिक्षण अस्पतालमा नयाँ शल्यक्रिया कक्ष बनाइएको छ। उक्त कक्षका लागि सबै मेसिनहरु पनि नयाँ जडान गरिएको छ।

ज्ञवाली नेतृत्वको भारत र सिंगापुरका चिकित्सकहरुको टोलीले शल्यक्रिया सम्पन गरेपछि उपचारको नेतृत्व प्रधानमन्त्रीकी निजि चिकित्सक डा.दिब्य सिंह शाहले गर्नेछिन्।

प्रधानमन्त्रीले शल्यक्रियाका लागि यसअघि त्रिवि शिक्षण अस्पतालमै मुटुको परीक्षण गरिसकेका छन्। त्यस्तै आइतबार ग्रान्डी अस्पतालमा आन्द्राको कालोनोस्कोपी गरेका छन्। प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने र बुधबार शल्यक्रियाको तालिका तयार गरिएको छ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्योवेला सफल प्रत्यारोपण गर्ने एपोलोका चिकित्सक पनि बुधबार हुने शल्यक्रियमा सहभागि हुनेछन्।

प्रधानमन्त्री ओलीलाई उनकै गृह जिल्ला झापाको चारआलीकी ३२ वर्षीया एक महिलाले मिर्गोैला दान गर्ने भएकी छन्। उनी सहित अरु दुई जनासँग पनि मिर्गौला प्रत्यारोपणका लागि क्रसम्याच गरिएको छ।

स्रोतका अनुसार ती महिलालाई प्रधानमन्त्री ओलीले धर्म छोरीको नाता कायम गरेका छन्। तर, पनि उनी ओलीको भाइतर्फबाट टाडाको नाता पनि पर्छिन्।
नेपालको कानुनअनुसार, आफ्ना नातेदार अथवा धर्म छोरा र छोरीबाट मात्रै मिर्गौला दान लिन पाइन्छ।

प्रकाशित मिति: १३:०१ बजे, सोमबार, फागुन १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्