चीनका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे
काठमाडौं, फागुन १८ : सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गर

काठमाडौं, फागुन १८ : सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारले चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ। यसअघि पनि पहिलो पटब केपी शर्मा ओली प्रधानमन्त्री भएकाबेला पाण्डेलाई चीनको राजदूतमा सिफारिस गरिएको थियो। सिफारिसपछि ओली सरकार ढलेपछि बनेको सरकारले उनको नाम फिर्ता लिएको थियो।
प्रकाशित मिति: २२:१० बजे, आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











