कोरोनाको त्रास : भोजभतेर र सभा सम्मेलन नगर्न सरकारको निर्देशन
काठमाडौं, फागुन १८ : सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ ।

काठमाडौं, फागुन १८ : सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका हुन्।
मन्त्री ढकालले अन्तर्राष्ट्रिय हवाइ उडान पनि रोक्ने विषयमा छलफल भैरहेको बताए । सरकारले विमानस्थलबाट आउने यात्रुहरुलाई अवदेखि क्वारेन्टाईनमा राख्ने विषयमा छलफल गर्दै विमानस्थलनै केही समय बन्द गर्ने बारेमा पनि छलफल भैरहेको मन्त्री ढबालले बताए।
मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ’ मन्त्री ढकालले भने ।
चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिएपछि नेपालमा थप सतर्कताको तयारी सरकारले गरेको मन्त्री ढकालले बताए । ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं’ उनले भने।
यसैंगरी चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ। उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।











