प्रधानमन्त्रीकाे बुधबार मिर्गौला प्रत्यारोपण गरिने
काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन्।

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन्।
आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘प्रधानमन्त्रीजीले बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेको बैठकमा जानकारी दिनुभएको छ,’ श्रेष्ठले भने।
प्रवक्ता श्रेष्ठका अनुसार, प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुनेछ। उनको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोण गरिने जनाएको छ।
यसका लागि सबै तयारी गरिएको छ। अस्पताल स्रोतका अनुसार, ९९ प्रतिशत तयारी पूरा भएको छ।
आज नेकपा सचिवालय बैठकमा अन्य विषयमा छलफल भएन। बैठकले प्रधानमन्त्रीको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामना गरेको प्रवक्ता श्रेष्ठले बताए।











