Kathmandu Press

दोस्रो हारसँगै नेपालको एसियाकप सपना संकटमा 

काठमाडौं, फागुन १८ : उपाधि जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टिमले एसिसी इस्टर्न रिजन

दोस्रो हारसँगै नेपालको एसियाकप सपना संकटमा 

काठमाडौं, फागुन १८ : उपाधि जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टिमले एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिता लागतार खराब प्रदर्शन गरेको छ। पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको नेपाल आइतबार हङकङसँग लज्जास्पदरुपमा ४३ रनले पराजित भयो। 

थाइल्यान्डको बैंकस्थित ट्रेडथाई रंगशलामा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो। नेपालका लागि ओपनर बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्नै सकेनन्।

दुवै खेलमा नेपाल ब्याटिङकै कारण पराजित भयो । अझ त्यसमा पनि मिडलअर्डर त चल्नै सकेन । हङकङविरुद्ध नेपालको सुरुवात भने राम्रो थियो। दुई मल्ल कुशल र ज्ञानेन्द्रले ओपनिङमा ४२ रनको साझेदारी गरेका थिए। 

तर, कुशल मल्ल पाचौं ओभरको चौथो बलमा हरुन मोहम्म अश्रदको बलमा आउट भएपछि नेपालको विकेट पनतको शृंखला सुरु भयो। त्यसपछि पारस खड्का (४), दीपेन्द्रसिंह ऐरी (५), पवन सर्राफ (१), विनोद भण्डारी (५), करण केसी (७), सन्दीप लामिछाने (०) र ओरिफ सेख (१०) लागतार आउट भएपछि ४२–१को अवस्थाबाट ९९–९ को नाजुक अवस्थामा पुगेको थियो। 

नेपालका लागि ज्ञानेन्द्र मल्ले सर्वाधिक ४६ रन बनाए। उनले ४३ बल खेल्दै ४ चौका र १ छक्का प््रहार गरे। कुशलले १९ रन बनाए। ज्ञानेन्द्र क्रिजमा टिके पनि उनलाई कसैले साथ दिन नसक्दा नेपाल पराजित हुन बाध्य भयो। 

नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका हरुन मोहम्मद अश्रदले घातक बलिङ गरे। उनले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए। यस्तै, अफ्ताब हुसैनले ३ र इशान खानले १ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो। हङकङका निजाकट खानले सर्वाधक ४८ रन बनाए।  उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए। वासिफ २६ रनमा आउट भए।

यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए। जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछाने र सुशान भारीले २र२ विकेट लिए। कुशल मल्लले १ विकेट लिए।

यो हारसँगै नेपालको एसिया कप खेल्ने सपनामा सुरुवातमै गम्भीर धक्का लागेको छ। अब नेपालले थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ। बाँकी दुवै खेल जिते पनि नेपाल एसिया कप छनोट सुरक्षित हुने छैन। अन्य खेलमा भरपर्नु पर्ने छ। 

एसिसी इस्टर्न रिजन टि–२०बाट शीर्ष २ टिम एसिया कप छनोटमा पुग्ने छन्। वेस्टर्न रिजनबाट युएई र कुवेत एसियाकप छनोटमा पुगिसेका छन्।

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, फागुन १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्