Kathmandu Press

विजय मिश्रविरूद्ध पूर्वमन्त्री बाँस्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा

काठमाडौं, फागुन १६ : निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजय मि

विजय मिश्रविरूद्ध पूर्वमन्त्री बाँस्कोटाले दायर गरे गाली बेइज्जतीको मुद्दा
फाइल

काठमाडौं, फागुन १६ : निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजय मिश्रविरूद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन्।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद गर्नका लागि ७० करोड घुस कमिसन मागेको अडियो सार्वजनिक गर्ने मिश्रविरूद्ध शुक्रबार बाँस्कोटाले जिल्ला अदालत काठमाडाैंमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए।  बाँस्कोटाले आफूविरुद्ध लगाइएको झुठा लाञ्छना लगाइएको बताएका छन्।  बाँस्कोटाले न्यायको माग गर्दै गाली बेइज्जतीको विरुद्धमा प्रतिनिधिमार्फत मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएका छन्। 

मुद्दा दायर गरेपछि बाँस्कोटाले फेसबुकमा लेखेका छन्,‘मविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्जतीको विरूद्धमा मैले आज  प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’ 

हेर्नुस् बाँस्कोटाले दायर गरेको मुद्दाको पूर्णपाठ :

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, फागुन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्