Kathmandu Press

गोकुल बाँस्कोटा ‘निर्दोष’, विजय मिश्र ‘अनाडी’ ! : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री

गोकुल बाँस्कोटा ‘निर्दोष’, विजय मिश्र ‘अनाडी’ ! : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्। 

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। 

तर, प्रधानमन्त्री ओलीले बिहीबार काठमाडौंमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बाँस्कोटाविरुद्ध अख्तियारमा परेको उजुरी ‘पत्रु उजुरी’ भएको टिप्पणी गरेका छन्।

उनले बाँस्कोटाले भ्रष्टाचार गरेको आधारमा नभई प्रश्न उठेकाले राजीनामा दिएको बताए। प्रधानमन्त्री ओलीले कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजय मिश्रलाई ‘अनाडी’ को संज्ञा दिए। 

उनले भने,‘कुनै अनाडी मान्छेले अनाधिकृत तरिकाले अडियो सार्वजनिक गरेछ। त्यसमा केही प्रमाण छैन। गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ, अडियो मेरो होइन भन्नु भएको छ।’

राजीनामासँगै बाँस्कोटामाथि छानविन हुनु पर्ने आवाज सत्तासीन दल नेकपाभित्र र बाहिर उठिरहेका बेला प्रधानमनत्री ओलीले उनको बचाउ गरेका हुन्।

प्रधानमन्त्री ओलीकै नजिकका मान्छे भएकाले पनि बाँस्कोटा एक्लैले कमिसन माग्न नसक्ने भन्दै चौतर्फी विरोध भइरहेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाँस्कोटाविरुद्ध उजुरी पनि परेको छ। 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, फागुन १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्