प्रचण्डले भने- विवादरहित र शान्त भएको दिन पार्टी नै चाहिँदैन
काठमाडौं, फागुन १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रच

काठमाडौं, फागुन १५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक विवाद साम्य भएको दिन पार्टी नै नरहने बताएका छन्।
बिहीबार नेकपाको वागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र आन्तरिक विवाद हुनु स्वभाविक भएको बताएका हुन्।
‘जुन दिन पार्टीभित्र विवाद र कलह समाप्त हुन्छ त्यो दिन पार्टी नै रहँदैन,’ उनले भने। उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको पनि बताए।
उनले पार्टीलाई एकतावद्ध गर्ने कोशिश भने जारी रहेको बताए। अध्यक्ष प्रचण्डले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए।
उनले भने,‘ धेरैलाई पार्टी विवादरहित र शान्त बनिदिए हुन्थ्यो भन्ने लाग्छ। हामीलाई पनि त्यस्तै लाग्छ। तर जुन दिन पार्टी विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’











