गाउँको झुप्रोमा जन्मिएका मलगायत प्रधानमन्त्रीको काठमाडौंमा महल कसरी भयो, छानविन गरौं : भट्टराई
काठमाडौं, फाुगन १४ : समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले साच्चिकै

काठमाडौं, फाुगन १४ : समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले साच्चिकै सुशासन कायम गर्न आफूलगायत सबै नेताहरुको सम्पत्ति छानविन गर्न प्रस्ताव गरेका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै डा.भट्टराईले आफूलगायत सबैको सम्पत्ति छानविन गर्न प्रस्ताव गरेका हुन्। ‘मलगायत सबैको सम्पत्ति छानविन गरौं,’ उनले भने, ‘गाँउको झुप्रोबाट आएका हामी कसरी चिल्ला कार चढ्ने भयौं? अस्ति प्रधानमन्त्री ओलीको गाँउको घर पनि हेरेँ। त्योभन्दा गोरखामा मेरो अली राम्रो घर छ।’
उनले झुप्राबाट महल ठडाउन कुनै प्रधानमन्त्रीको दृश्यको कमाइले नपुग्ने भन्दै सबैको छानविन गरिनपर्ने बताए।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











