Kathmandu Press

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले बनायो कार्यदल

काठमाडौं, फागुन ११ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको गृहकार्य ग

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले बनायो कार्यदल

काठमाडौं, फागुन ११ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन गरेको छ।

नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। 

नेपालको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेका थिए। तर, गौतमले भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेमात्रै आफू राष्ट्रियसभा सदस्य बन्ने माग राखेका थिए।

स्रोतका अनुसार गौतमकै माग अनुसार संविधान संशोधनका लागि नेपालको संयोजत्वमा कार्यदल बनाइएको हो।  कार्यदल गठनको प्रस्ताव शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले नै राखेका थिए। संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन।

२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका बर्दिया जिल्ला सभापति सञ्जय गौतमसँग पराजित भएका थिए।
 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, फागुन ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्