Kathmandu Press

‘मिटर ब्याजी’ रामबाबु रायकी श्रीमतीका नाममा ३४ बिगहा जमिन 

काठमाडौं, फागुन ५ : सर्लाही आसपासका करिब १५ सय व्यक्तिलाई पीडित बनाएका मिटर ब्याजी रामबाबु राय

‘मिटर ब्याजी’ रामबाबु रायकी श्रीमतीका नाममा ३४ बिगहा जमिन 

काठमाडौं, फागुन ५ : सर्लाही आसपासका करिब १५ सय व्यक्तिलाई पीडित बनाएका मिटर ब्याजी रामबाबु राय यादवकी श्रीमतीका नाममा १३५ कित्ता जग्गा रहेको नयाँ तथ्य फेला परेको छ।

काठमाडौं प्रेसलाई प्राप्त जग्गा धनीपूर्जामा रायकी श्रीमती उर्मिला कुमारी यादवका नाम १३५ कित्ता जग्गा रहेको फेला परेको हो। उर्मिलाका नाममा रहेका दुई वटा धनीपूर्जा छन्। तीमध्ये एउटामा ७९ कित्ता जग्गा छ भने अर्को धनीपूर्जामा ५६ कित्ता जग्गा रहेको छ। दुई वटा धनी पूर्जामा ३४ बिगहा ८ कठ्ठा २ धुर जमिन छ।

जबकि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ मा तराई क्षेत्रमा एक व्यक्ति वा निजको परिवारको नाममा बढीमा १० बिगहा जग्गा मात्र राख्न पाउने व्यवस्था छ।

Hardik ivf

‘रामबाबुले कसरी सर्वसाधारणलाई ऋणको जालोमा फसाएर सडकमा ल्याएका छन् भन्ने उदाहरण यही धनीपूर्जा हो,’ काठमाडौंप्रेसलाई धनीपूर्जाको प्रतिलिपी उपलब्ध गराउने स्रोतले भन्यो, ‘रामबाबुको आफ्नै नाममा, श्रीमती र आफन्तका नाममा यस्ता धनीपूर्जा धेरै छन्। यो कानूनको बर्खिलापमा छ।’

कानूनमा के छ?

भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७ मा कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपालमा जम्मा १० बिगहामा नबढ्ने गरी राख्न मिल्ने हद म्याद छ।

यस्तै, सोही दफाको उपदफा (ख) काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी कुनै एक व्यक्ति वा निजीको परिवारले जग्गावालाको हैसियतमा राख्न मिल्ने व्यवस्था छ। 

को हुन् रामबाबु ? 

सर्लाहीको बरहथवाका रामबाबु चर्चित ‘मिटर ब्याजी’ हुन्। उनले ऋण दिँदा बन्धकी राख्ने मात्र होइन रजिस्ट्रेशन पास गरेर घर जग्गा नै कब्जा गर्ने गरेका छन्। उनले सर्लाही असपासका १५ सयलाई पीडित बनाएका छन्।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्यसमेत रहेका रामबाबुबाट एक लाख ऋण लिएका पीडितले २२ लाख ५० हजार तिर्दा समेत कपाली तमसुक फिर्ता पाएका छैनन्। हरिचन्द्र महतोले छोरा भुवनेश्वर महतोले छोरालाई विदेश पठाउन एक लाख रुपैयाँ रामबाबुसँग २०६० सालमा ऋण लिएका थिए। उनले ०६२ जेठ १० गते साँवा  ब्याज गरी १ लाख ५० हजार फिर्ता गरे। २०६८ साल साउन ९ गते हरिचन्द्र मलंगवा गएका बेला रामबाबुले जबरजस्ती समातेर १२ लाख रुपैयाँको तमसुक गराए।

रामबाबुलाई तिरिएको चेक।

रामबाबुले जाली तमसुक बनाएर धम्काउन थालेपछि हरिचन्द्रले लालबाबु महतोसँग ७ लाख रुपैयाँ ऋण लिएर रामबाबुलाई २०७० जेठ २२ मा सात लाखको चेक दिए। चेक दिएपछि पनि रामबाबुले तमसुक फिर्ता नगरी पटक–पटक उल्टै पैसा मागिरहे। हरिचन्द्रले त्यही दिन फेरि लालबाबुसँग नै ऋण लिएर रामबामुलाई चेकमार्फत २०७० जेठ २२ गते फेरि पाँच लाख रुपैयाँ दिएका थिएका थिए। त्यसपछि पनि हरिचन्द्रले तमसुक फिर्ता पाएनन्। र, रामबाबुले फेरि पैसा फिर्ता माग्ने काम बन्द गरेनन्।

२०७० जेठ २८ गते रामबाबुलाई पुनः ९ लाख गरी जम्मा २२ लाख ५० हजार हरिचन्द्रले तिरे। तर, अझै पनि रामबाबुले उनलाई तमसुक फिर्ता दिएका छैनन्।
उनी मात्रै होइन, ०६४ साउनमा छविलाल साहले १७ कट्ठा जमिन दृष्टिबन्धक र चार लाखको कपाली तमसुक गरेर रायबाट चार लाख २५ हजार ऋण लिएका थिए। अहिलेसम्म उनले रामबाबुलाई आठ लाख ५२ हजार रुपैयाँ बुझाइसकेका छन्। तर, रामबाबुले साहको जग्गा फिर्ता गरेका छैनन्।

महतो र साहमात्रै होइन, सर्लाहीका २९ जनाले रामबाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा गत पुसमा किटानी जाहेरी दिएका थिए। प्रहरीले पुस २३ उनलाई पक्राउ गरेको थियो। उनीविरुद्ध प्रहरीले २० करोड ४४ लाख ८ हजार ९५ रुपैयाँ विगो माग गर्दै अपराधिक विश्वासघात अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

तर, गत सोमबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले यादवलाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनलाई सुनसरीको झुम्का कारागारमा राखिएको थियो। 

त्यसपछि अदालतले तोकेको धरौटी स्वरुप जमिन राखेर छुटेका यादवलाई जिल्ला अदालतमा तारेख लिन गएका बेला गत शुक्रबार जिल्ला प्रहरी कार्यालयको टोलीले पुनः पक्राउ गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई पक्राउ गरी काठमाडौं पठाउन पत्र पठाएको थियो।

विषेश अदालतबाट १० दिन थुनामा राख्ने म्याद लिएर यादवविरुद्ध सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत  अनुसन्धान अघि बढाइएको सिआईबीले जनाएको छ।

‘न्याय पाउने आशा थियो, अदालतले निराश बनाइदियो’

गत पुसमा रामबाबु पीडितहरुको समूह काठमाडौं आएको थियो। उनीहरुले सत्तारुढ दल नेकपाका नेता, गृहमन्त्री, तत्कालीन प्रहरी महानिरीक्षक, महान्यायाधिवक्ता  लगायतलाई भेटेर दुःखेसो पोखेका थिए।

न्यायको खोजीमा काठमाडाैं आएका छविलाल साह र उपेन्द्र महतो।

रामबाबु पक्राउ परेपछि पीडितहरुले अदालतले न्याय दिने आशा राखेका थिए। तर, १५ लाख रुपैयाँ धरौटीमा छोड्ने अदालतको आदेशपछि उनीहरु निराश बनेका छन्। ‘न्याय पाउने आशा थियो। तर, अदालतको आदेशबाट निराश भयौं,’ सोमबार काठमाडौंमा भेटिएका पीडित छविलाल साहले भने, ‘उस्तै प्रकृतिको मुद्दामा श्याम परदेशी पुर्पक्षका लागि थुनामा छन्। तर, रामबाबु धरौटीमा छुटे।’ 

रामबाबुलाई धरौटीमा छोडेपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको उनीहरुले बताए। पीडितहरुले अदालतको आदेश चित्त नबुझेको भन्दै न्याय सेवा परिषदमा उजुरी समेत दिने तयारी गरेका छन्। ‘साहुले पीडा दिनसम्म दियो। न्यायसेवा परिषदमा उजुरी हाल्न भनेर काठमाडौं आएका हौं,’ साहले भने।

चार महिनाअघि अर्का साहुकार श्याम परदेशीलाई सर्लाही जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनलाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको थियो। उनी अहिले थुनामै छन्।  

यी हुन् रामबाबुले ठगेका २९ पीडित


 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, फागुन ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्