Kathmandu Press

कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सको चीन उडान बन्द

काठमाडौं, माघ १६ : कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले चीन उडान बन्द गरेको छ। एयरलाइन्सले चीनका त

कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सको चीन उडान बन्द
फाइल फाेटाे

काठमाडौं, माघ १६ : कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले चीन उडान बन्द गरेको छ। एयरलाइन्सले चीनका तीन शहरको उडान तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।

नेपाली र चिनियाँ लगानी रहेको हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनका पाँच शहरमा उडान गर्दै आएको छ। पाँचमध्ये तीन शहरको उडान बन्द गरेको एयरलाइन्सले जनाएको छ।

‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हिमालयले आगामी माघ १८ (फ्रेबुअरी १ तारिख) गतेदेखि  उडान स्थगित गर्ने निर्णय भएको छ,’

Hardik ivf

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भने। उनका अनुसार, कोरोना भाइरसको प्रकोप पूर्ण रुपमा बन्द नहुँदासम्म चीनको स्यानजेङ, चाङसा र गुओइङ शहरमा उडान हुने छैन। हिमालयले मंसिर ३ गतेदेखि गुओइङ, मंसिर ५ गतेदेखि चाङसामा उडान सुरू गरेको थियो।

तीन शहरको उडान बन्द गरेपनि बेइजिङ र छोइछिङ शहरको उडान भने जारी रहने श्रेष्ठले बताए। हिमालयले कात्तिक १० गतेदेखि सातामा तीन उडान गर्ने गरि बेइजिङ उडान सुरु गरेको थियो।

सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुदाबी, दुबई, बंगलादेशको ढाँका, कतारको दोहा र चीनका पाँच शहरमा उडान गर्दै आएको छ।

हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान छन्। जसमा केही समय अघि एउटा एयरबस भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ।

चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस महामारीका रुपमा विभिन्न देशमा फैलिएको छ। बिहीबारसम्म यो भाइरसका कारण चीनमा १७० जनाको मृत्यु भएको छ। आठ हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

जसले गर्दा अन्य देशका विमानसेवा कम्पनीले पनि चीन उडान तत्कालका लागि बन्द गर्न थालेका छन्। जापान लगायतका केही देशले चीनमा रहेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर फर्काएका छन्।

चीनको वुहानमा रहेका नेपालीले पनि घर फर्किन इच्छा जनाएका छन्। उनीहरू उद्धारको पर्खाइमा रहेको समाचारमा जनाएको छ।

विश्व स्वास्थ्य संघले संसारभर सतर्क रहन आग्रह गरेको छ। यो संसारका लागि नै खतरा रहेको औल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको हो।  

याे पनि पढ्नुस् :
नेपाल पनि प्राणघातक कोरोना भाइरसको जोखिममा
कोरोना भाइरसको उपचार हुने टेकु अस्पतालमै आइसोलेसन वार्ड र आईसीयू कक्ष न्यून

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्