Kathmandu Press

थाइल्यान्डका लागि नेपाली कोसेली 'खुर्सानी र कागती'

काठमाडौं, माघ ८ : थाइल्यान्डको भिसा लाग्यो भने कस्तो तयारी गर्नुहुन्छ? वा नेपालको कोसेली के लग्नु हु

थाइल्यान्डका लागि नेपाली कोसेली 'खुर्सानी र कागती'

काठमाडौं, माघ ८ : थाइल्यान्डको भिसा लाग्यो भने कस्तो तयारी गर्नुहुन्छ? वा नेपालको कोसेली के लग्नु हुन्छ?

कलाकार सरिता डंगोल भने केही सातादेखि थाइल्यान्डका लागि नेपालको कोशेली खुर्सानी र कागती तयार गर्दैछिन्, त्यो पनि क्यानभासमा। ढोकैमा खुर्सानी र कागती किन झुण्ड्याइन्छ? उनी क्यान्सभासमा त्यही खुर्सानी र कागतीको माला बुनिरहेकी छन्।

खुर्सानीसँग जोडिएको नेपाली मस्तिष्कलाई कलामार्फत उतार्न खोजेको उनी बताउँछिन्। कलाकार डंगोल भन्छिन्, ‘खुसार्नीलाई हामीले मान्ने राम्रो र नराम्रो छापको प्रभाव कलामा देखाउनु खोजेकी छु।’

Hardik ivf

खानेकुरासँग त खुर्सानीको सम्बन्ध छ नै नेवारी संस्कृतिमा मदिरा पार्दा पनि खुर्सानी र कागतीको माला झुण्ड्याउने गरिन्छ। पसल वा घरको ढोकैमा झुण्डाउने खुर्सानी र कागतीको माला त जताततै देखिन्छन् नै।

कुर्सानी र कागतीको माला मात्रै होइन, कुनै पनि नकारात्मक शक्तिको प्रभाव हटाउन बालिने खुसार्नीको धुपले हाम्रो समाजमा खुसार्नीलाई कसरी प्रयोगमा ल्याइदै आएको भन्ने भावनात्मक सम्बन्धलाई कलामा उतार्न खोजेको कलाकार डंगोल बताउँछिन्। त्यस्तै, काँडामा झुण्डिएको खुसार्नीले नारी स्वतन्त्रताको आवाजलाई देखाउने उनको बुझाइ छ। त्यसैलाई उनले क्यानभासमा उतारिरहेकी छन्।

थाइल्यान्डकै तयारीमा छन्, ७० वर्षीया कलाकार पुष्पाञ्जली शेरचन। उनी ढलौट र काठमा शान्तिको प्रतिक परेवा कुदिँरहेकी छन्। परेवाले रुखको पात च्यापिरहेको कलाकृतिले जोकोहीलाई पनि आकर्षित गर्छ। प्रकृति विनाश हुँदा वन्यजन्तुलाई परिरहेको आपत यसमा उतार्न खोजेको उनी बताउँछिन्।

उनलाई लाग्छ, नारी र पुरुष पनि सिर्जनाका पाकृतिक आयाम हुन् । ‘जसबिना संसार चल्न असम्भव छ, समाजको यहि भावलाई उजागर गर्न खोजेकी छु,’ कलाकार शेरचन भन्छिन्। मानिसले महसुस गर्ने सुख र दुःखलाई कसरी नियन्त्रण गरेर उर्जा प्राप्त गर्न सकिन्छ भन्ने मन र दिमागको व्यवस्थापन पनि उनको सिर्जनामा देख्न सकिन्छ।

यतिवेला भइरहेको प्रकृतिको विनाशले जीवजन्तुले कसरी बासस्थान गुमारहेका छन् भन्ने देखाउने प्रयास गरिरहेका कलाकार निलेश शाक्य। जसमा किला खोपिएको काठ, मान्छेले फालेको प्लास्टिजन्य फोहोर खाएर मरेको सुनौलो माछा उतारिएका छन्। उनले सेतो सिमेन्टबाट बनेको बच्चा, पित्तलले बनेको तेस्रो आँखा र व्यवस्थापनको शैलीलाई आफ्नो कलामाफर्त प्रस्तुत गरेका छन्। उनले आफ्नो कुनै कलालाई संघर्ष परिचय दिएका छन्।

त्यस्तै, थाइल्यान्डकै तयारीमा छिन्, कलाकार नम्रता सिंह। उनी मैथिली समुदायका नारीको शान्तभावलाई कलाकार कलामा उतार्दैछिन्। ‘मैथिली संस्कृतिमा रमाइरहेको बालिका तथा महिलाहरू अब घरभन्दा बाहिर आफ्ने पाइला राख्न चाहिरहेको भावलाई चित्रकलामा उतारेकी छु,’ कलाकार सिंह भन्छिन्। यससँगै उनले मैथिली संस्कृतिमा शान्त स्वभावको प्रतिक हाँसलाई पनि कलाका प्रस्तुत गरेकी छन्।

गाउँ र शहरको बालिकाले  प्राप्त गर्ने अवसरको भिन्नतामा भित्र रहेको क्षमतालाई कलाकार दीपमाला महर्जनले आफ्नो कलाकारितामा उतारेकी छन्। जहाँ लार्भाबाट बन्दै गरेको पुतली र उसमा पलाएका पखेटा देखाएको छ। जो उड्न तयार भएको संकेत गर्छ। बालिकाको तस्विर पछाडि देखिएको संकेतमध्ये हात्तीले क्षमता, सिंहले शक्ति र चराको पखेटाले स्वतन्त्रतासँग उड्न सक्ने उनीहरुको खुबीलाई दर्शाइएकी छन् महर्जनले।

त्यससँगै, मेटामोरफोसिसको सिरिज दिएको उनको कलाकारितामा बालबालिकाका क्षमतालाई उजागर गर्न खोजेको उनी बताउँछिन्।

कलाकार सञ्जित महर्जन यात्राअनुभव समेट्दै छन् कलामा। यात्रा अनुभव सबैको फरक हुन्छ। यसै अनुभवलाई तस्विरमा उतार्ने प्रयास कलाकार महर्जनले गरेका छन्।

यात्रामा देखिने पहाड र हिमालको नागबेली स्वरुपलाई उनले मानिस अनुहारमा देखाएका छन्। यसरी मानिस भिडमा हुँदा र एकान्तमा बस्दा उसको मस्तिष्कमा देखिने भावलाई उनले प्रकृतिमार्फत प्रस्तुत गरेका छन्।

यि सबै कलाकृति पाटनको चाकुपाटस्थित क्लासिक ग्यालरीमा प्रदर्शन भइरहेका छन्। यस प्रर्दशनीमा रहेका केहि कलाकृतिहरू थाइल्यान्डको प्रर्दशनीमा लगिँदै छ।

जसमा ६ जना कलाकारहरुकै कला जनवरी २६ देखि २९ सम्म थाइल्यान्डमा चल्ने प्रदर्शनीमा प्रस्तुत गरिनेछ। त्यसमा नेपाल, भारत, थाइल्यान्डलगायत एशियाका विभिन्न देशका कलाकारको सहभागिता रहनेछ।

प्रकाशित मिति: १०:५५ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्