Kathmandu Press

दर्शनार्थी चढेको मिनी ट्रक धादिङमा दुर्घटना, पाँच दर्शनार्थीको मृत्यु, २५ भन्दा बढी घाइते

धादिङ, माघ ७ : दर्शनार्थी चढेको मिनी ट्रक धानिङमा दुर्घटना भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको

धादिङ, माघ ७ : दर्शनार्थी चढेको मिनी ट्रक धानिङमा दुर्घटना भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

मंगलबार अपारह्न धादिङको ज्वालामुखी गाउँपालिका–४ स्थित मन्डली दर्शन गरेर फर्केका दर्शनार्थी चढेको ग १ ख १२८० नम्बरको मिनी ट्रक निलकण्ठ नगरपालिका–८ मैदीभञ्जाङमा दुर्घटना भएको हो।

दर्शनार्थी चढेको मिनी ट्रक पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मिनी ट्रकमा निलकण्ठ नगरपालिका—२ भुलभुलेका वासिन्द्या रहेको जनाएको छ। स्थानीय वासिन्दा र प्रहरीले उद्धार गरिरहेका छन्। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: ०६:२९ बजे, मंगलबार, माघ ७, २०७६