एकाबिहानै सोह्रखुट्टे सडकमा उभ्याइन्छन् विदेशी पर्यटक
काठमाडौं, माघ ६ : सरकारले २० लाख पर्यटक भित्राउने उदेश्यसहित भ्रमण वर्ष सुभारम्भ गरेपनि राजधानीमा सम

काठमाडौं, माघ ६ : सरकारले २० लाख पर्यटक भित्राउने उदेश्यसहित भ्रमण वर्ष सुभारम्भ गरेपनि राजधानीमा समेत पर्यटक बसपार्क नहुँदा सडकबाटै सवारी चढ्न पर्यटकहरु बाध्य छन्।
पर्यटक बसहरुले बिहान ७ बजे काडमाडौंको सोह्रखुट्टे चोकबाट पर्यटकलाई बोक्ने र बेलुका २ देखि ३ बजेभित्र उनीहरुलाई उक्त ठाउँमा ओराल्ने गरेका छन्। सडकबाटै पर्यटकलाई बोक्ने र ओसार्ने गर्दा सुरक्षाको हिसाबले पनि उपयुक्त नहुने देखिएको छ।
मुख्य पर्यटकीय गन्तव्य पोखरा, चितवन र लुम्बिनी जाने पर्यटक बसहरु बिहान ७ बजेनै उक्त क्षेत्रबाट छुट्ने गर्छन। तर, एकाबिहानै सडकको पार्कमा जादा पर्यटकहरुले सास्ती भोग्नु परेको पर्यटन व्यवसायीको गुनासो छ।
पर्यटक बस एसोसिएसनका अध्यक्ष प्रल्हाद लोहनी साह्रखुट्टे चोकवाट बिहान ७ बजे नै सबै पर्यटक बस छुट्दा पर्यटकलाई निकै सास्ती भएको बताउँछन्। ‘घुम्न आएको मानिस एकाबिहानै त्यसमा पनि सडकको पार्कमा गएर बस चढ्नु पर्ने बाध्यता छ,’ लोहनीले काठमाडौं प्रेससँग भने, ‘हामीले पर्यटक बसपार्कको माग गरेको दशक भयो, तर सरकार त्यसमा ढिक चलेको छैन।’
सरकारले पर्यटकहरुलाई सुविधा दिने गरेर छुट्टै बसपार्क बनाउनु पर्छ भन्ने माग कहिल्यै नसुनेको व्यवसायीको गुनासो छ। ‘पर्यटकहरुलाई कसरी सुविधान दिने भन्ने नसोच्ने हो भने भ्रमण वर्ष घोषणाले मात्रै पर्यटक बढाउन सकिदैन,’ अर्का पर्यटक बस व्यवसायीले भने, ‘उनीहरुले सहज र सुविधाजनक हिसाबले यात्रा गर्ने बारेमा सरकारले ध्यान दिनुपर्छ।’
व्यवसायीले पर्यटकलाई लक्षित गरेर अहिले ३५ सिट क्षमताका सुविधाजनक झण्डै एक सय बस सञ्चालन गर्दै आएका छन्। तर, ति सबै बसको समय बिहान ७ बजे हो। जसले पर्यटक एकाबिहानै उठेर हतारहतार सोह्रखुट्टे पुग्ने गरेका छन्।
निजी क्षेत्रबाट पर्यटक बसमार्फत नेपाल आएका विदेशीलाई गन्तव्यमा पुर्याउने र घुमाउने काम गर्दै आएका पर्यटक व्यवसायीहरूले २०६७ पर्यटक बस एसोसिएसन अफ नेपाल (टिवान) स्थापन गरे।
संस्था स्थापना भएको नौ वर्ष भयो। व्यवसायीहरुको एउटैँ माग हो, पर्यटक बसपार्क। संस्था दर्ता भएलगतै राख्दै आएको माग नौ वर्ष बितिसक्दा पनि पूरा नभएको व्यवसायीहरु बताउँछन्।
जमलस्थित कान्तिपथ सडकमा राखिएको अस्थायी बसपार्कबाट पर्यटकलाई सेवा दिइरहेका व्यवसायीले सरकारको निर्देशनअनुसार, गत वर्षको असार १६ गतेदेखि सोह्रखुट्टेमा अस्थायी बसपार्क सञ्चालन गरेका हुन्।
कान्तिपथ सडकबाट हटाएर सोह्खुट्टेमा अस्थायी बसपार्क राखिएपछि झन समस्या बढेको व्यवसायी बताउँछन्।
लोहनीका अनुसार पर्यटकहरु आप्नो खुशीले गन्तव्यमा जान पाउँदैनन्। उनिहरु महंगो भाडामा रिजर्भ गरेर जानुबाहेक अन्य विकल्प छैन्। विकल्प नहुँदा पर्यटकहरु बिहानै यात्रा गर्न बाध्य भएका छन्। ‘हामीले सरकारसँग पटकपटक पर्यटक बसपार्कको व्यवस्थाका लागि अनुरोध गरेका छौँ, तर सुनुवाइ भएको छैन,’ उनले भने, नेपाल भ्रमण वर्ष सुरुआत हुँदा समेत केही व्यवस्थापन हुन सकेन्।’
उनका अनुसार ट्राफिक प्रहरीले बिहानको २ घण्टा सोह्खुट्टे चोकमा बस राख्ने समय दिएको छ। बिहान ५ बजेदेखि ७ बजेसम्म पर्यटकलाई बसमा राखेर हिडीसक्नुपर्छ। केही समय रोक्नुपरेमा ट्राफिकले चिट काट्छ।
चमतीमा रहेको १७ रोपनी सरकारी जग्गामा बसपार्क निर्माण गर्न व्यवसायीले महानगरसँग समन्वय गरेका थिए। खोला र सडकबीच भागमा रहेको उक्त जग्गामा पर्यटक बसपार्क बनाउन व्यवसायीले महानगरलाई दुइटा शर्त राखेका छन्। ‘हामीले महानगरले आफैले बसपार्क बनाएर भाडामा दिने वा जग्गा लिजमा दिने भन्ने शर्त राखेका थियौँ,’ लोहनीले भने, ‘कागजी प्रक्रियाको काम भएपनि महानगरले निर्णय नगर्दा बसपार्क बनाउने निर्णय नै अन्योलमा परेको छ।’
यता महानगरका प्रवक्ता इश्वरमान डंगोल भने महानगरबाट जग्गा दिने भन्ने कुरामा निर्णय नभएको बताउँछन्। ‘वडा नम्बर १६ चमतिको खोलाको किराना छेउको जग्गा उनिहरुले मागेका हुन, तर दिने नदिने निर्णय भएको छैन्,’ डंगोलले भने।












-(7)-1765197040.jpg)