Kathmandu Press

धरहरा चढ्न लिफ्ट, पूरातत्वविद् भन्छन, ‘मौलिकता गुम्छ’

काठमाडौ, माघ ३ : विवादै विवादको सामना गर्दै आएको धरहरा पुनःनिर्माणले अहिले गति लिएको छ। तर, यसमा पनि

धरहरा चढ्न लिफ्ट, पूरातत्वविद् भन्छन, ‘मौलिकता गुम्छ’

काठमाडौ, माघ ३ : विवादै विवादको सामना गर्दै आएको धरहरा पुनःनिर्माणले अहिले गति लिएको छ। तर, यसमा पनि नयाँ विवाद निम्तिएको छ, लिफ्ट।

२०७२ को विनासकारी भूकम्पले ध्वस्त बनेको धरहराको चार वर्षपछि पुनःनिर्माणले गति लिएको हो। धरहरा पुनःनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रत्येक महिना दुई तल्ला बनाउने लक्ष्यसहित काम गरिरहेको छ। तर, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण धरहराको पुनःनिर्माणमा अत्याधुनिक प्रविधि प्रयोग हुने भएपछि पुनः विवादित बन्न पुगेको छ।

धरहराको पहिचान नै ऐतिहासिकता हो। यसलाई प्राचिन मौलिकता झल्कने गरि निर्माण गर्नुपर्नेमा पूरातत्वविद्हरुले जोड दिँदै आइएका छन्। प्राधिरकणले भने यसमा लिफ्टलगायतका प्रविधि जडान गर्ने भएको छ। प्राधिकरणकातर्फबाट धरहराको पुनःनिर्माण हेरिरहेका सम्पदाविज्ञ राजुमान मानन्धरले यसमा लिफ्ट जडान गरिने बताए। ‘तलबाट सिधै टुप्पोमा पुग्ने गरि लिफ्ट जडान हुन्छ,’ मानन्धरले भने, ‘लिफ्टसँगै भर्‍याङ पनि राखिनेछ।’

Hardik ivf

यसको स्थानीय वासिन्दा र पूरातत्वविदहरुले भने विरोध गरेका छन्। लिफ्टले धरहराको मौलिकता गुम्ने उनीहरुको भनाइ छ। पुरातत्वविद् डा.पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, धरहरामा लिफ्ट जडान गर्नु भनेको यसको मौलिकता माथि प्रहार गर्नु हो। ‘हाम्रो सांस्कृतिक पहिचान भनेकै धरहराको मौलिक पहिचान हो। त्यसकारण यो विगतमा जस्तो थियो त्यही स्वरुपमा बन्न आवश्यक छ,’ पूरातत्वविद् डा.श्रेष्ठ भन्छन्।

धरहरामा लिफ्ट जडान गर्दा आधुनिक मलहरु जस्तै हुने पुरातत्वविद्हरुको चिन्ता छ। अहिले काठमाडौंका ठूलठूला भवनहरुमा लिफ्ट जडान गरिएकै छन्। धरहरामा पनि लिफ्ट जडान गर्दा मौलिकता गुम्ने डा.श्रेष्ठले बताए। लिफ्ट जडान गर्ने विषय चित्त नबुझेको बताउदै भावि पुस्तामा यसको अस्तित्व नरहने उनको चिन्ता छ। ‘यसमा आधुनिकिकरण गर्‍यो भने यो हाम्रो रहँदैन,’ पूरातत्वविद् डा.श्रेष्ठ भन्छन्, ‘धरहराको मौलिक स्वरुप बिगार्न पाईदैन, पहिले जस्तो थियो त्यस्तै बनाउनुपर्छ।’

त्यस्तै, यो बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्र भने उस्तै रहनेछैन। लिफ्टलगायतका संरचनाले यसको पूरानो स्वरुप भेट्टाउन मुस्किल हुनेछ।

यससँगै पुरानो धरहराको क्षतिग्रस्त भाग पनि संरक्षण गरेर राखिने भएको छ। त्यसलाई सीसाले घेरा हालेर राखिने पुनःनिर्माणको रेखदेख गरिरहेका सम्पदाविज्ञ मानन्धरले बताए। ‘पूरानो धरहरालाई सिसाको घेरा लगाई संरक्षण गरिनेछ,’ उनले भने।

अहिले धरहराको पाँच तलासम्म निर्माण भएको छ। यो २२ तले बनाइनेछ। यही गतिमा काम भए सन् २०२० अक्टुबरसम्म धरहरा त ठडिनेछ, तर लिफ्टसहित। बाहिर पूरानै धरहराजस्तो देखिए पनि भित्र भने फरक हुनेछ।

विसं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा बनाएका थिए। विसं. १९९० को भूकम्पमा भत्किएको थियो।

त्यतिबेला समयमा धरहरा बनाउन अहिले जस्तो सकस परेन। तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ढलेको दुई वर्षमै मौलिक स्वरूपमै धरहराको पुनःनिर्माण गराएका थिए।

 

प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, माघ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्