यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न अदालतको आदेश
काठमाडौं, पुस २५ : उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न

काठमाडौं, पुस २५ : उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न अन्तरिम आदेश दिएको छ।
सोमबार उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले सम्झौता अनुसार यती समूहले दरबारमार्गमा निर्माण गरिरहेको भवनको काम रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। यती समूहसँग नेपाल ट्रष्टले गरेको सम्झौता त्रुटिपस्र्ण रहेको भन्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो।
नेपाल ट्रष्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडामा ३० वर्षका लागि यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको र यसले राज्यलाई पाँच पाँच अर्ब नोक्सान भएको दाबीसहित अधिवक्ता परिवर्तन राईले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत पाटनले दुवै पक्षलाई माघ १ गते छलफलका लागि बोलाएको छ।










![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)
