विप्लव समुहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाही अपहरण मुक्त
काठमाडौं, पुस ६ : विप्लव समूहद्वारा अपहरणमा परेका दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शा
काठमाडौं, पुस ६ : विप्लव समूहद्वारा अपहरणमा परेका दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गरेको छ ।
शनिबार राति अपहरणमा परेका शाहीलाई आइतबार बेलुका साढे ६ बजेतिर प्रहरीले उद्दार गरेको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम ओलीका अनुसार शाहीलाई अहिले अपरणबाट मुक्त गरिएको छ ।
शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती जंगलबाट उद्दार गरिएको हो।
शाहीलाई अपहरण गरेको समूहले उनकी श्रीमती इला मल्ल र भाइ हस्तबहादुर शाहीलाई पनि अपहरण गरेको थियो। नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य रहेका शाही र नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय उपाध्यक्ष रहेकी उनकी श्रीमति इलालाई शनिबार राति विप्लव समूहले अपहरण गरेर पछि मुक्त गरेको थियो।






