Kathmandu Press

राष्ट्रपतिको सक्रियता : नेकपाको समाजवादी अर्थनीतिका विषयमा राष्ट्रपति भवनमै कार्यक्रम

काठमाडौं, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सामाजवादी अर्थतन

राष्ट्रपतिको सक्रियता : नेकपाको समाजवादी अर्थनीतिका विषयमा राष्ट्रपति भवनमै कार्यक्रम

काठमाडौं, पुस ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सामाजवादी अर्थतन्त्रका विषय नेकपाका नेताहरुसँग छलफल गरेकी छन्। 

शनिबार विहान ९ वजे ‘नेकपाको सामाजवादी अर्थतन्त्र’ भन्ने विषयमा राष्ट्रपति भवन शितल निवासमा उनले नेकपाका नेताहरुको बैठक राखेर छलफल गरेकी हुन्। दुई घण्टासम्म चलेको उक्त कार्यक्रममा नेकपाले कस्तो आर्थिक नीति लिनुपर्छ भन्ने सैद्धान्तिक छलफल भएको थियो। 

संविधानले राष्ट्रपति कुनै पनि दलप्रति आग्रह वा पूर्वाग्रह नभई तटस्थ भूमिका निभाउनु पर्ने स्पष्ट व्यवस्था गरेपनि त्यसको उल्लंघन गर्दे राष्ट्रपति भण्डारीले नेकपाको सामाजवादी अर्थनीतिका विषयमा शितल निवासमा आफैले नेताहरुलाई बाेलाएर छलफल गरेकी हुन्। राष्ट्रपतिले छलफल गरेको विषय नितान्त्र नेकपाको हो। उनले नेकपाले आगामी दिनमा लिनुपर्ने अर्थनीति अन्तरगत समाजवादी अर्थनीतिको खाकाका विषयमा छलफल गरेकी हुन्। 

छलफल नेकपाका नेताहरु सुरेन्द्र पाण्डे, बर्षमान पुन, शंकर पोखरेल, धनश्याम भूषाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायत सहभागि थिए । नेकपाको अर्थनीति कस्तो हुने भन्ने विषयमा सामाजवादी अथनीतिको विषयमा उक्त बैठकमा छलफल भएको थियो। बैठकमा सहभागि एक नेकपाका नेताका अनुसार विहान ब्रेकफाष्ट सहितको बैठक राखिएको थियो । ‘नेकपाको आगामी अर्थनीति कस्तो हने भन्ने विषयमा छलफल भएको छ’ ति नेताले भने, ‘राष्ट्रपतिले बोलाउनु भयो, विषय नेकपाको समाजवादी अर्थनीति रहेछ, हामीले आफ्नो धारणा राख्यौ ।’

राष्ट्रपति भण्डारीले आफ्नो पहलमा राष्ट्रपति भवनमा नेकपाको आगामी नीतिका विषयमा छलफल गर्नु निकै आपत्तीजनक विषय भएको बताइएको छ। उनले कुनै पनि विचार वा वादबाट आफुलाई अलगै राखेर संविधानको रक्षा गर्ने संवैधानिक दायित्व मिचेर नेकपाको आन्तरिक विषयमा छलफल गरेकी हुन्। 

 
 

प्रकाशित मिति: १९:०० बजे, शनिबार, पुस ५, २०७६