Kathmandu Press

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं, मंसिर ३० : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५४ बर्षको उमेरमा निधन भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं, मंसिर ३० : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५४ बर्षको उमेरमा निधन भएको छ ।

अकस्मात बिरामी भएपछि भट्टराईलाई ओम अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनुअघि  नै उनको निधन भैसकेको ओम अस्पताल स्रोतले जनाएको छ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । उनको अचानक निधन  के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन।

३० वर्षभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराई  एक वर्षअघि मात्र चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्। उनले आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरवावु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायतका चलचित्र निर्माण गरेका थिए भने कयौं चलचित्रहरुमा अभिनय समेत गरेका थिए । 

प्रकाशित मिति: ०६:५१ बजे, सोमबार, मंसिर ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्