Kathmandu Press

म्याराथनमा नेपालका किरणसिंह बोगटीले जिते स्वर्ण

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण

म्याराथनमा नेपालका किरणसिंह बोगटीले जिते स्वर्ण
रिवाज राई

काठमाडौं, मंसिर २१ :  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ। 

आइतबार बिहान भएको  पुरुषतर्फ म्याराथन ४२ किलोमिटर दौडको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्। 

म्याराथनमा स्वर्ण जित्ने क्रममा बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड पूरा गरेका थिए। 

भारतका रसपाल सिंहले रजत पदक जिते। उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५७ सेकेन्डमा पार गरेका थिए। यस्तै, भारतकै श्रे सिंहले कास्यपदक हात पारे। निर्धारित दूरी उनले २ घण्टा २२ मिनेट ०७ सेकेन्डमा पार गरेका थिए।

स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान छ। उनले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए। उनको त्यो त्यो कीर्तिमानी अहिलेसम्म कसैले गर्न सकेको छैन।
 

प्रकाशित मिति: ०९:४१ बजे, शनिबार, मंसिर २१, २०७६