Kathmandu Press

यु-१९ विश्वकप छनोटः वर्षाले बिथोलेको खेलमा युएईसँग नेपाल एक रनले पराजित

काठमाडौं, चैत ३० : मलेसियामा जारी  यु –१९ विश्वकपमा छनोटमा नेपाल युएईसँग एक रनले पराजित भएको छ। 

शनिबार वर्षाले बिथोलेको खेल....

यु-१९ विश्वकप छनोटः वर्षाले बिथोलेको खेलमा युएईसँग नेपाल एक रनले पराजित

काठमाडौं, चैत ३० : मलेसियामा जारी  यु –१९ विश्वकपमा छनोटमा नेपाल युएईसँग एक रनले पराजित भएको छ। 

शनिबार वर्षाले बिथोलेको खेलमा डीएल मेथडका आधारमा नेपाल युएईसँग एक रनले पराजित हुन पुगेको हो। 

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको युएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। वर्षा भइरहेपछि खेलको छिनोफानो डीएल मेथडबाट लिइएको हो, जसमा युएई १ रनको जित निकाल्न सफल भयो।

यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनाएको थियो। नेपालका हरि चौहान  ६७ रनमा अविजित रहँदा भीम सार्कीले ५३ रन जोडेका थिए। यसैगरी, रित गौतमले ४४, आशिफ शेखले २७  तथा कप्तान रोहित पौडेलले १८ रन जोडेका थिए। 

६ देशको सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली यु–१९ विश्पकपमा पुग्नेछ। 

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, चैत ३०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्