Kathmandu Press

पौडी र एथलेटिक्सको कीर्तिमानीमा नेपालको ४० स्वर्ण पार

काठमाडौं, मंसिर २० : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको सनसनीपूर्ण स्वर्णीम यात

पौडी र एथलेटिक्सको कीर्तिमानीमा नेपालको ४० स्वर्ण पार

काठमाडौं, मंसिर २० : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको सनसनीपूर्ण स्वर्णीम यात्रा जारी छ। शुक्रबार ४१ स्वर्ण पदक जित्दा नेपालका लागि एथलेटिक्स र पौडीमा पुनः ऐतिहासिक उपलब्धि हात लाग्यो।

सन् १९९९ मा घरेलु भूमिमा ३१ स्वर्णको कीर्तिमान बिहीबार भंग गरेको नेपालले शुक्रबार पनि स्वर्ण अभियान जारी राख्यो। ४१ स्वर्ण जितिसकेको नेपालका लागि शुक्रबार नेपालले ५ स्वर्ण थप्यो। एथलेटिक्समा गोपिचन्द्र पार्कीले पाँच हजार मिटरमा स्वर्ण जित्दै दिनको सुरुवात भएको थियो भने भारोत्तोलनका विकास थापाले दिनको पाँचौ स्वर्ण आफ्नो नाममा बनाए।

त्यसबीचमा नेपाले गल्फको एकल इभेन्टमा सुवास तामाङबाट स्वर्ण लिएको थियो भने  टिम इभेन्टमा पनि गल्फमा स्वर्ण जित्न नेपाल सफल भएको थियो।
४० स्वर्ण पार गर्दा नेपालका महिला खेलाडीले मात्रै २२ स्वर्ण देशका लागि जिताइसकेका छन्।

२२ स्वर्ण दिलाउने क्रममा २७ महिला खेलाडीले आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका छन्। उसु, कराँते र तेक्वान्दोबाट महिला खेलाडीले सबैभन्दा धेरै स्वर्ण पदक भित्र्याउन सफल रहे। त्यस्तै, साइक्लिङ, पौडी, ट्रायथलन र भारोत्तोलनमा पनि महिला खेलाडीको दबदबा कायम छ। 

गौरिका सिंह र आयशा शाक्यले दोहोरो स्वर्णको कीर्तिमान महिलातर्फ राखेका छन्। पुरुषतर्पm मन्डेकाजी श्रेष्ठको नाममा यो कीर्तिमान रहेको छ।

यी हुन् जारी सागमा नेपालका लागि स्वर्ण जित्ने खेलाडी :

१. कराँते (एकल काता) मण्डेकाजी श्रेष्ठ
२. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराँते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराँते (५५ केजी) लक्ष्मण तामाङ 
५.कराँते (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
६.कराँते (४५ केजीमुनि) (कुसुम खड्का
७.कराँते (५० केजीमुनि) (अनु अधिकारी
८.कराँते (६७ केजीमुनि) नवीन रसाइली
९.कराँते (६८ केजी) सुनिता महर्जन
१०. कराँते (६८ केजी) अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७–२३ वर्ष ) सीना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्षमाथि) आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्षमाथि युगल) आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.पुम्से महिला टिम (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७.पुम्से महिला टिम (२३–२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई
१८. तेक्वान्दो (४६ केजीमुनि) काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजीमुनि) वीरबहादुर महरा
२०. ट्रायथलन सोनी गुरुङ
२१.डुवाथोलन हिमाल टमाटा
२२. उसु (थाउलो) विजय सिञ्जाली
२३. उसु (थाउलो) सुस्मिता तामाङ
२४. उसु (थाउलो) (दीपक हमाल)
२५.एथलेटिक्स (१० हजार मिटर) सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (६२ केजीमुनि) संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी) सक्षम कार्की
३०. उसु (थाउलो–नान्दौ) निमा घर्तीमगर
३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ
३२. साइक्लिङ (क्रस कन्ट्री) बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल) गौरिका सिंह
३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ
३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी
३६. उसु (५६ केजी) जुनी राई
३७. एथ्लेटिक्स (५ हजार मिटर दौड)  गोपीचन्द्र पार्की
३८. गल्फ (एकल)  सुवास तामाङ
४९. गल्फ (टिम) सुवास श्रेष्ठ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०. पौडी (२०० मिटर ब्याकस्ट्रोक) गौरिका सिंह
४१. भारोत्तोलन (८९ केजी) विकास थापा
 

प्रकाशित मिति: २२:०७ बजे, शुक्रबार, मंसिर २०, २०७६