जापानको लिंग पर्व- के हो किंवदन्ती र विज्ञान ?
कावासाकी जापानमा अप्रिलको पहिलो आइतबार। कानामारा मात्सुरी अर्थात् इस्पातको लिंगको पर्व भइरहेको छ।
पुरूष जननेन्द्रीयको खुशी र हर्ष मनाउन हजारौंको भीड लागेको छ....
कावासाकी जापानमा अप्रिलको पहिलो आइतबार। कानामारा मात्सुरी अर्थात् इस्पातको लिंगको पर्व भइरहेको छ।
पुरूष जननेन्द्रीयको खुशी र हर्ष मनाउन हजारौंको भीड लागेको छ। टोकियोदेखि दक्षिण पूर्वमा रहेको कावासाकी, पुरूष शरीर रचना विज्ञानसँग नजिकबाट सम्बन्धित छ। कावासाकीस्थित तीर्थस्थल कानायामा जिन्जामा एउटा इस्पातको उत्तेजित लिंग स्थापना गरिएको छ।
किंवदन्ती अनुसार रातो अनुहार र तिखा दाँत भएका इष्र्यालु दैत्य एक देवीको योनीमा लुके। देवीका दुबै पतिको लिंग टोकेर चुडें। दोस्रो पतिलाई ती देवीले किन सचेत गराइनन् भन्ने इतिहासमा कहिँ कतै उल्लेख छैन।
अन्तिममा एक जना लोहार आउँछन्। फलामको लिंग बनाउँछन्। दैत्यले टोक्न खोज्दा दाँतै भाँचिन्छ। लोहारले ती सुन्दर महिलाको मन जित्छन्। दैत्य सायद कुनै दन्त चिकित्सक कहाँ दाँत जचाउन जान्छन् होला।
ढुंगाको यो तीर्थस्थल इ.पू ६९८ मा बनेको थियो। तर, अहिले आधुनिक जापानको महत्वपूर्ण स्थल बनेको छ। यो पवित्र र उच्छृङ्खल महत्वको आश्चर्यजनक तर आकर्षक पर्व हो।
सुन्दर पहिरन लगाएका शिन्तो पुजारीले हजारौं वर्ष पुरानो भगवानको महिमा गाउँछन्। रोगबाट डराउने यौनकर्मी महिला र सन्तानको दुःखमा रहेका धर्मावलम्बी पनि यहाँ उत्तिकै श्रद्धा साथ सहभागी हुन्छन्।
बाहिर भने बेग्लै रमाइलो भइरहेको हुन्छ। सहभागीहरूले लिंग आकारको ललिपप, तरकारी र उत्तिकै अनौठा खेलौना बोकेका हुन्छन्। इन्स्टाग्राममा पोस्ट नगरे पनि सबैले सेल्फी खिच्छन् र कावासाकीका महापुरूषलाई तँछाडमछाड गर्दै विशाल लिंग बोकेको हेर्छन्।
ती विशाल लिंग बनाउन स्थानीय परिवार र व्यवसायले महिनौंसम्म काम गर्छन्। जम्मा तीनवटा लिंग शहरभर परिक्रमा गरिन्छ। तीमध्ये दुई वटा धातुका हुन्छन्। एउटाले भने जापानको ‘एनिमे’ प्रेमी संस्कृतिको प्रतिनिधित्व गर्दछ। यो निकै खुशी र ‘बबलगम’ रंगको कार्टुनजस्तो हुन्छ। यसलाई ‘ग्लिटर’ र आकर्षक ‘मेकअप’ गरेका १८ जनाले बोक्ने गर्छन्।
संकोची व्यक्तिका लागि यो हेर्नै नसक्ने घटना हुन्छ। तर, यसका केही लाभ पनि छन्। लिंगको पहिरन, मिठाइ, खाना, खेलौना आदिको बिक्रीबाट हुने आम्दानीले प्रत्येक वर्ष निकै आम्दानी हुन्छ। यसलाई एचआइभीको अनुसन्धानका लागि प्रयोग गरिन्छ।
यो वर्ष यो पर्वको आधुनिक स्वरूपको आधा शताब्दी पुगेको छ। पर्वमा प्रत्यक्ष सहभागी हुन चाहने र भीडभाडसँग नडराउने आगन्तुक कावासाकी सजिलै आउन सक्छन्। प्रत्येक वर्ष अप्रिलको पहिलो आइतबार उनीहरू टोकियोबाट एक दिनको यात्रा गरेर कावासाकी आउन सक्छन्।
अनि साक्षी बन्न सक्छन्–थुप्रै व्यक्तिले लिंग उठाएको।