सर्वदलिय बैठकमा सरकारलाई सुझाव, ‘सिमा विवाद तत्काल सुल्झाऊ’
काठमाडौं, कात्तिक २३ : प्रमुख प्रतिपक्षी कांग्रेस लगायत विभिन्न दलका नेताहरुले कालापानी नेपालको भएका
काठमाडौं, कात्तिक २३ : प्रमुख प्रतिपक्षी कांग्रेस लगायत विभिन्न दलका नेताहरुले कालापानी नेपालको भएकाले तत्काल भारत सरकारसँग कूटनीतिक पहल गरेर विवाद सुल्झाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलिय बैठकमा बोल्ने सबैजसो नेताहरुले कालापानी नेपालको भएकोमा कुनै आशंका नभएको भन्दै तत्काल त्यसमा स्पष्ट अडान भारत सरकारसँग राख्नु नेताहरुले सुझाव दिएका हुन। ‘कालापानी र लिपुलेक नेपालको हो भन्नेमा हामी कोहीबीच पनि विवाद छैन’ बैठकमा सहभागि एक नेताले भने, ‘सरकार तत्काल भारतसँग कुरा गरेर विवाद समाधान गर्न सबैको सुझाव छ।’
भारत सरकारले हालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभागको रुपमा नक्साङकन गरेको छ । त्यसको नेपालमा चर्को विरोध भएको छ ।







