Kathmandu Press

‘घरजग्गा बेचेर कानूनविपरीत शुल्क तिर्न सक्दैनौं’

रोहन बस्नेत
एमबीबीएस तेस्रो वर्ष

म अहिले युनिभर्सल कलेज आफ मेडिकल साइन्सेस भैरहवामा

https://www.youtube.com/watch?v=4CL8crbwH4c

रोहन बस्नेत
एमबीबीएस तेस्रो वर्ष

म अहिले युनिभर्सल कलेज आफ मेडिकल साइन्सेस भैरहवामा अध्यनरत विद्यार्थी हुँ।

सानैबाट मलाई चिकित्सक बन्ने सपना थियो। गाउँमा बिरामीहरु देख्दा मन दुख्थ्यो। उनीहरुकै सेवाको लागि भएपनि म ठूलो भएपछि डाक्टर बन्छु भन्ने मेरो बालमष्तिष्कमै परेको थियो। मेरो डाक्टर बन्ने सपनालाई मेरी आमाले बल दिनुभयाे।

आमा बुवाले जेनतेन गरेर कमाएको पैसाले म अहिले एमबीबीएस पढ्दैछु। तर, कलेजबाटै ठगिएको छु। कलेजले तोकेको शुल्कभन्दा धेरै अतिरिक्त शुल्क लिरहेको छ। जुन रकम तिर्न सक्ने मेरो आर्थिक हैसियत पनि छैन।  यसै विरुद्धमा हामी आवाज उठाउँदै छौँ। तर, कानुनअनुसारका शुल्क मात्रै लिनु भन्ने आवाज उठाउँदा हामी कलेज प्रशासनबाट डराएर बस्नु परेको छ।

शान्तिपूर्ण रुपमा कानूनविपरीत लिएका शुल्क फिर्ता गर्न भन्दा हामीलाई शारीरिक र मानसिक धम्की आइरहेको छ। हामीलाई थाहा छ, हामीले यो बेला दिनरात पढाइमा ध्यानदिनुपर्ने हो। तर, हामीलाई नै ठगिएको छ।

निम्न मध्यम वर्गका हामीले जेनतेन घर-जग्गा धितो राखेर शुल्क तिर्दै आएका छौँ। त्यसमा पनि विभिन्न बहानामा कलेजले हामीलाई लुट्छ।

यसै विषयमा आवाज उठाउँदा कलेजमा राम्रोसँग पढ्ने वातावरण छैन। अहिले पढ्ने समयमा हामी पढाइ छोडेर आन्दोलन गर्न काठमाडौ‌ं आउनु परेको छ।

त्रिभुवन विश्वविद्यालयले उपत्यका बाहिर मासिक दुई हजार पाँच सय शुल्क तोकेको छ। तर, हाम्रो कलेजले त्यसको चार गुणा १० हजार रुपैयाँ लिइरहेकाे छ। यतिमात्रै हैन, विभिन्न बहानामा लाखौँ पैसा असुल्दै आएको छ।  

हामीले यो आवाज उठाएको लामो समय भइसक्यो। योभन्दा अगाडि थालिएको आन्दोलन पश्चात सरकारले कात्तिक १८ गतेसम्म सबै शुल्क फिर्ता गराउने प्रतिवद्धता गरेको थियो। तर, अझैसम्म पनि शुल्क फिर्ता भएको छैन। हामीबाट लिएको पैसा फिर्ता दिनुपर्छ भन्दा कलेज प्रशासनले नै हामीमाथि आक्रमण गर्न थालेको छ।

जबसम्म हाम्रो शुल्क फिर्ता हुँदैन तबसम्म हामी यो आन्दोलन निरन्तर जारी राख्ने छौँ। हामी न्यायका लागि अहिले पढाइ छोडेर भएपनि लड्नु पर्ने अवस्थामा छौँ।

(सुरक्षाको कारणले नाम परिवर्तन गरिएको छ।)

प्रकाशित मिति: १४:४४ बजे, शुक्रबार, कात्तिक २२, २०७६