ठगी आरोपमा ब्यापारी रुप ज्योति पक्राऊ
काठमाडौं, कात्तिक २१ : व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुप ज्योति पक्राउ परेका छन्। महानगरिय प्
काठमाडौं, कात्तिक २१ : व्यवसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुप ज्योति पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट पक्राउ गरेको हो। उनी सिंगापुरबाट नेपाल आउनेक्रममा विमानस्थलमा पक्राउ परेका हुन्।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा पक्राउ गरेर कारबाही गर्ने हालै मात्रै सर्वोच्च अदालतले आदेश गरेको थियो। रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला गरेपछि पक्राउ परेका हुन्।
व्यवसायी ज्योतिलाई सिल्क एयरबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।






