सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस
काठमाडौं, कात्तिक १८ : नेकपा सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस गरेको छ।
आ
काठमाडौं, कात्तिक १८ : नेकपा सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश प्रमुख सिफारिस गरेको छ।
आज बसेको सचिवालयले बैठकले विष्णु प्रसाई, सोमनाथ अधिकारी 'प्यासी', तिलक परियार, धर्मनाथ यादव, अमिक शेरचन, गोविन्द कलौनी र शर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ।
नेकपा सचिवालय बैठकले गरेको सिफारिसअनुसार, मन्त्रिपरिषद् बैठकले निर्णयले लिनेछ। त्यसपछि मन्त्रिपरिषदले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो। जसअनुसार, हिजै राष्ट्रपतिले सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्।
प्रकाशित मिति: १३:४७ बजे, सोमबार, कात्तिक १८, २०७६
थप समाचार






