Kathmandu Press

प्रदेश प्रमुख हटाउनु राजनीतिक पुर्वाग्रह र सर्वसत्तावाद लाद्नने प्रयाश : कांग्रेस

काठमाडौं, कात्तिक १७ : कांग्रेसले झण्डै दुई बर्ष अघि नियुक्त भएका प्रदेश प्रमुखहरु हटाउनु संवैधानिक

प्रदेश प्रमुख हटाउनु राजनीतिक पुर्वाग्रह र सर्वसत्तावाद लाद्नने प्रयाश : कांग्रेस

काठमाडौं, कात्तिक १७ : कांग्रेसले झण्डै दुई बर्ष अघि नियुक्त भएका प्रदेश प्रमुखहरु हटाउनु संवैधानिक पदहरुमा राजनीतिकण गर्न खोजेको टिप्पणी गरेको छ।

यसअघिको कांग्रेस नेतृत्वको सरकारले संविधान अनुसार गैरराजनीतिक तटस्थ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गरेकोमा वर्तमान सरकारले ति पदलाई राजनीतिक भर्तिकेन्द्र बनाउन खोजेको कांग्रेसको आरोप छ ।

‘संविधान अनुसार संविधानको प्रावधान अनुरुप नियुक्त भएका प्रदेश प्रमुख हटाउने निर्णय राजनीतिक पुर्वाग्रह हो’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं प्रेससँग भने, ‘यसले सरकार आफ्नो मुख्य कामबाट बाटो विराएर अनावश्यक र गैरसंविधानिक बाटोतर्फ अघि बढेको बुझिन्छ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुख हटाएर सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन्। ‘देश प्रमुख जस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावाद तर्फ जाने कोशिस हो’ पौडेलले भने। 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश १ मा प्रा। डा। गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गगरेको थियो । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका घोषणा विज्ञप्ति मार्फत गरेकी छन्।

कांग्रेसले विना आरोप वा कसुर केही पनि पदबाट हट्न नसक्ने दावी गरेको छ । कांग्रेसले प्रदेश प्रमुखबाट हट्नुको कारण राष्ट्रपतिले दिनु पर्ने पनि तर्क गरेको छ। 

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, कात्तिक १७, २०७६