Kathmandu Press

सुनकोशीमा खसेकाे बसमा मृत्यु हुनेकाे सङ्ख्या १० पुग्याे, अझै बढ्नसक्ने (अपडेट )

काठमाडौं, कात्तिक १७ : सिन्धुपाल्चोकको सुकुटेमा सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त यात्रुबाहक बसमा मृ

सुनकोशीमा खसेकाे बसमा मृत्यु हुनेकाे सङ्ख्या १० पुग्याे, अझै बढ्नसक्ने (अपडेट )

काठमाडौं, कात्तिक १७ : सिन्धुपाल्चोकको सुकुटेमा सुनकोशी नदीमा खसेर दुर्घटनाग्रस्त यात्रुबाहक बसमा मृत्यु हुनेकाे सङ्ख्या १० पुगेकाे छ। डुबेको यात्रुबस निकालिएको छ।

शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार, दुर्घटनामा १० जनाको शब फेला परिसकेकाे छ। अन्य केही घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार, बसका चालक र सहचालकको उद्धार गरिएको छ। 

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् ।  स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार, दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले  घाइतेलाई सिन्धु सहाबहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, कात्तिक १७, २०७६