Kathmandu Press

ग्रान्डीमा डायलासिस खाली गराएर टिचिङ पसे प्रधानमन्त्री

काठमाडौं, कात्तिक १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ग्रान्डी अस्पतालमा डायलासिस रुम खाली गर्न

ग्रान्डीमा डायलासिस खाली गराएर टिचिङ पसे प्रधानमन्त्री

काठमाडौं, कात्तिक १७ : प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ग्रान्डी अस्पतालमा डायलासिस रुम खाली गर्न लगाइएको छ। डायलासिस रुम खाली गर्न लगाएर बालुवाटरबाट निस्केका प्रधानन्मन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा एक्सरे गराएका छन्।

शिक्षण अस्पतालमा एक्स–रे गरेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्केका हुन्। तत्काल डायलासिस गर्न नपर्ने देखिएपछि उनी शिक्षण अस्पतालबाटै बालुवाटार फर्केको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। बैठक सकिएपछि मात्रै डायलासिस गर्न ग्रान्डी अस्पताल जाने जनाएको छ।
त्यसका लागि ग्रान्डी अस्पतालमा चिकित्सकको टोली तयारी अवस्थामा राखिएको छ।

प्रधानमन्त्री ओलीको तेस्रो पटक मिर्गौला डायलासिस गर्न शनिबार नै अस्पताललाई तयारी अवस्थामा रहन जानकारी दिइएको थियो। त्यही अनुसार, अस्पताल प्रशासनले चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ।

यस अघि प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुई पटक मिर्गौला डायलासिस गरिएको थियो। उनी दुई दिन अघि मात्रै असस्पतालबाट डिस्चार्ज भएर बालुवाटर फर्किएका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। केही महिना अघि फेरि समस्या देखिएको थियो।

मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि साउन र भदौमा सिंगापुर गएका थिए। सिंगापुरमा प्लाज्माफेरेसिस गरेर उनको शरीरमा भएको एन्टीबडी झिकिएको थियो।

तर, सिंगापुरमा उपचार गरेको दुई महिनामै फेरि समस्या देखिएको हो। अब उनको नियमित डायलासिस गर्नु पर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकहरुका अनुसार, अब हप्तामा तीन पटक चार–चार घण्टा डायलासिस गर्नुपर्नेछ।

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, कात्तिक १७, २०७६