Kathmandu Press

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, दुई दिनपछि फेरि डायलासिस गर्ने

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओली दुई दिन लगातार मिर्गाैलाको डायलासिस गरेर आज साँझ

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, दुई दिनपछि फेरि डायलासिस गर्ने
रिवाज राई

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओली दुई दिन लगातार मिर्गाैलाको डायलासिस गरेर आज साँझ अबेर बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री ओलीले अस्पतालबाट बाहिरिने क्रममा  ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बालुवाटारमै उच्च सतर्कर्ता सहिते सेवा दिनेगरी ग्राण्डि इन्टरनेस्नल अस्पतालबाट डिस्चार्ज गरेका हुन्। लामो समय अस्पताल बस्दा सन्देश नराम्रो जान सक्ने भन्दै प्रधानमन्त्री आफैले डिस्चार्ज हुन हतार गरेका हुन्। 

प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छोडेकाले  दुई वा तीन दिनपछि फेरि डायलासिस गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्किएपनि फेरि डायलासिसका लागि अस्पताल जानु पर्ने हुन्छ। 

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको अव हप्तैपिच्छे तीन पटक मिर्गौलाको डायालसिस गर्नुपर्ने हुन्छ। दिर्धकालिन समस्या समाधानका लागि मिर्गौला प्रत्यारोपणमा जानुको विकल्प हुदैन। 

त्यसका साथै भर्खरै डायलासिस गरेकाले भेटघाट र बैठकमा बस्न मिल्दैन। संक्रमणको उच्च जोखिम हुने भएकाले अव धेरै मान्छे सहभागि हुने कार्यक्रममा पनि प्रधानमन्त्री सहभागि नहुन चिकित्सकहरुले सुझाव दिएका छन्।  

प्रधानमन्त्रीको मिगौलाको अव नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरुले खुलाएका छैनन् । यद्यपी मेडिकल विज्ञानले डायलासिसमा गैसकेपछि कि नियमिति डायलासिस गर्ने नभए मिर्गौला प्रत्यारोपणमा जानु पर्ने सुझाव दिन्छ। 
प्रधानमन्त्रीको उपचारमा संलग्न निजि चिकित्सक डा.दिव्य सिह शाह र ग्राण्डिका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले सामान्य उपचार भएको भन्दैआएपनि मिडियामा सबै विषय आएपछि विहिबारसाँझ मात्रै डायलासिस गरेको खुलाएका थिए। 

प्रकाशित मिति: २०:४३ बजे, बिहीबार, कात्तिक १४, २०७६