Kathmandu Press

प्रधानमन्त्री ओलीको डायलासिस गरिएको बल्ल भन्यो ग्राण्डिले, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको डायलासिस गरिएको अस्पतालले भर्खर वि

प्रधानमन्त्री ओलीको डायलासिस गरिएको बल्ल भन्यो ग्राण्डिले, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलाको डायलासिस गरिएको अस्पतालले भर्खर विज्ञप्ति जारी गरेर जनाएको छ।

बुधबार र विहिबार(आज) दुई पटक प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएपनि अस्पतालले त्यसलाई अस्विकार गर्दै आएको थियो। काठमाडौं प्रेसले बुधबार दिउसो डायलासिसको तयारी हुदादेखि लगातार समाचार प्रकाशित गर्दैै आएको थियो। विहिबारसाँझ ग्राण्डिका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे र प्रधानमन्त्री ओलीका निजि चिकित्सक डा.दिव्य सिह शाहले सयुक्त विज्ञप्ति जारी गर्दै डायलासिस गरेको जनाएका छन्। विज्ञप्तिमा प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने पनि उल्लेख छ । 

लगातार बुधबार र विहिबार मर्गिौलाका डायलासिस गरेका प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्न नहुने चिकित्सकहरुको सल्लाह विपरित प्रधानमन्त्रीको सचिवालयको जोडवलमा बेलुका डिस्चार्ज गर्ने तयारी गरिएको छ । ‘दुई दिन लगातार डायलासिस गरेका प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गर्न हुदैन’ प्रधानमन्त्रीको उपचार टिममा रहेका एक चिकित्सकले काठमाडौं प्रेससँग भने, ‘तर आज डिस्चार्ज भएपनि शनिबार फेरि डायलासिसका लागि आउनु पर्छ ।’

प्रधानमन्त्रीको उपचारमा संलग्न ति चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको अव हप्तैपिच्छे तीन पटक मिर्गौलाको डायालसिस गर्नुपर्ने हुन्छ। दिर्धकालिन समस्या समाधानका लागि मिर्गौला प्रत्यारोपणमा जानुको विकल्प हुदैन। 

त्यसका साथै भर्खरै डायलासिस गरेकाले भेटघाट र बैठकमा बस्न मिल्दैन। संक्रमणको उच्च जोखिम हुने भएकाले अव धेरै मान्छे सहभागि हुने कार्यक्रममा पनि प्रधानमन्त्री सहभागि नहुन चिकित्सकहरुले सुझाव दिएका छन्।  

हिजो (बुधबार) एक घण्टा गरिएको डायलासिस आज २ घण्टा लगाएर गरिएको छ । प्रधानमन्त्रीको अझै पहिलो चरणको अर्को डायलासिस बढिमा तीन दिनभित्र गर्नुपर्ने हुन्छ । 

प्रधानमन्त्रीको मिगौलाको अव नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरुले खुलाएका छैनन् । यद्यपी मेडिकल विज्ञानले डायलासिसमा गैसकेपछि कि नियमिति डायलासिस गर्ने नभए मिर्गौला प्रत्यारोपणमा जानु पर्ने सुझाव दिन्छ । 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, कात्तिक १४, २०७६