Kathmandu Press

डायलासिस गर्दा प्रधानमन्त्रीलाई संक्रमण, अझै केही दिन अस्पतालमै

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्राण्डि इन्टरनेस्नल अस्पतालम

 डायलासिस गर्दा प्रधानमन्त्रीलाई संक्रमण, अझै केही दिन अस्पतालमै
फाइल तस्वीर

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्राण्डि इन्टरनेस्नल अस्पतालमा मिर्गौलाको डायलासिस गर्दा संक्रमण भएको छ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौलाले काम नगरेपछि बुधबार आकस्मिक रुपमा डायलसिस गरिएको थियो। डायलासिस गर्नेक्रममा उनको रगतमा संक्रमण देखिएको छ । ‘डायलासिस गरेपछि प्रधानमन्त्रीलाई संक्रमण देखिएको छ, के कारणले भएको हो भन्ने अहिले इन्भेष्टिगेशन भैरहेको छ’ प्रधानमन्त्रीको उपचार टिममा रहेका एक चिकित्सकले काठमाडौं प्रेससँग भने, ‘रगतको कल्चरको रिपोर्ट आएपछि के संक्रमण भएको हो थाहा हुन्छ।’ 

संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई उच्च सतर्कता सहित केही दिन अस्पतालमै राखेर उपचार गरिनु पर्ने भएको छ। 

प्रधानमन्त्री सचिवालय र उनका निजि चिकित्सकहरुले भने प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएकोलाई अझै गोप्य राखेका छन्। प्रधानमन्त्रीले बुधबार एक घण्टा लगाएर डायलासिस गरिएको छ । आज २ घण्टा डायलासिस गर्ने तयारी छ । शुक्रबार तीन घण्टाको डायलासिस गरेपछि मात्रै पहिलो चरणको डायलासिस सम्पन्न हुन्छ।
प्रधानमन्त्रीको मिगौलाको अव नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरुले खुलाएका छैनन् । यद्यपी मेडिकल साइन्समा डायलासिसमा गैसकेपछि कि नियमिति डायलासिस गर्ने नभए प्रत्यारोपणमा जाने बाहेकको विकल्प हुदैन।

याे पनि : प्रधानमन्त्रीको पहिलो चरणको डायलसिस सम्पन्न, आज फेरि गरिने

 तत्काल प्रत्यारोपणमा नगए प्रधानमन्त्रीले अब नियमित हप्तामा २ पटक चार÷चार घण्टा डायलासिस गर्नुपर्ने हुन्छ। डायलसिसमा गएपछि उनलाई उच्च सतर्कता अपनाएर संक्रमणबाट बचाउनु पर्ने हुन्छ। 

प्रधानमन्त्रीको मंगलबारदेखि पिसाव हुन नसकेपछि बुधबार विहान ९ वजे ग्राण्डि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा परिक्षण गरेपछि उनको छातीमा एक लिटर भन्दा बढि पानी जमेको देखिएको थियो। उनको मिर्गौलाले काम गर्न छोडेके रिपोर्टहरुले देखाएपछि आकास्मिक रुपमा डायलासिस गर्ने निर्णयमा चिकित्सकहरु पुगेका हुन्। 

याे पनि : प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गर्ने तयारी

मिगौलाले काम गर्न छाडेपछि निकै न्युन व्यक्तिको मात्रै फेरि काम गर्ने सम्भावना हुन्छ। प्रधानमन्त्री ओलीको यसअघिनै प्रत्यारोपण गरेकाले उनको अझै वढि सतर्कता अपनाउनु पर्ने हुन्छ। प्रधानमन्त्री ओलीको मिर्गौला पहिलाकै अवस्थामा नआए नियमित डायलासिस वा प्रत्यारोपणमा जानु पर्ने हुन्छ। 

तर प्रधानमन्त्री र उनको सचिवालयले भने बालुवाटारमै राखेर उपचार गरौ भन्दै आजै डिस्चार्ज गर्न दवाव दिएको स्रोतको दावी छ।  

प्रकाशित मिति: ०९:१६ बजे, बिहीबार, कात्तिक १४, २०७६