Kathmandu Press

प्रधानमन्त्रीको पहिलो चरणको डायलासिस सम्पन्न, आज फेरि गरिने

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक रुपमा डायलसिस गरिएको छ । हि

प्रधानमन्त्रीको पहिलो चरणको डायलासिस सम्पन्न, आज फेरि गरिने

काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आकस्मिक रुपमा डायलसिस गरिएको छ । हिजाे साँझ काठमाडौंको ग्राण्डि अस्पतालमा उनको मिर्गौलाको डायलसिस गरिएको हो।

प्रधानमन्त्री ओलीको फोक्सोमा पानी जमेर स्वास फेर्न अप्ठ्यारो हुने र पिसाव नभएपछि आकस्मिक डायलसिस गरिएको हो। हिजाे उनको पहिलो चरणको डायलसिस एक घण्टा समय लगाए सम्पन्न भएको उपचारमा संलग्न रहेको एक चिकित्सकले काठमाडौं प्रेससँग भने । बिहिबार पुन दोस्रो चरणको डायलसिस गर्ने तयारी छ । शुक्रबार तेस्रो डायलसिस गरेपछि मात्रै पहिलो चरणको डायलसिसको मात्रा सम्पन्न हुनेछ।  प्रधानमन्त्री ओली शुक्रबारसम्म असपतालै बसेर मात्रै डिस्चार्ज हुनेछन्।

यो पनि : प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गर्ने तयारी

डाइलसिसपछि ओलीले बालुवाटार नै फर्किने मन गरेपनि चिकित्सकहरुले केही दिन अस्पताल केयर चाहिने भन्दै डिस्चार्ज गर्न मानेनन् । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा डाइलायसिस सुरु गर्दा पहिलो पटक कम्तिमा पनि तीन पटक डायलसिस गर्नुपर्ने हुन्छ। 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीले केही महिनाअघि मात्रै सिंगापुरमा प्लाज्माफेसेसिस गरिएको थियो । डाइलायसिस सुरु गरिएपछि अब नियमित डाइलासिस वा प्रत्यारोपणमात्रै विकल्प हुनसक्छ। थप उपचारका लागि फेरि सिंगापुर लैजाने की भन्ने विषयमा पनि छलफल भैरहको स्रोतको दावी छ। 

प्रकाशित मिति: २०:३० बजे, बुधबार, कात्तिक १३, २०७६