Kathmandu Press

प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गर्ने तयारी

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाव

प्रधानमन्त्री ओलीको मिर्गौला डायलासिस गर्ने तयारी

काठमाडौं, कात्तिक १३ : प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन्।

ग्राण्डी अस्पतालको उच्चस्रोतका अनुसार अहिले डायलासिसका लागि आवश्यक परीक्षण भइरहेको छ। बुधबार राति नै मिर्गौला डायलासिस गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार भएकाले आईसीयूमा राखेर उच्च सुरक्षा सजगता अपनाइएको छ। प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक डा.दिव्या सिंह शाह र अर्का चिकित्सक डा.दिलिप शर्मा बाहेकलाई हेर्न दिइएको छैन। ओलीलाई अहिले आईसीयूबाट  िकड्नी ट्रास्प्लान्ट सेन्टरमा सारिएकाे छ।

प्रधानमन्त्री ओलीले दुई महिनाअघि मात्रै सिंगापुरमा रगतमा प्लाज्म फेरिसस गरेर आएका थिए। अहिले एक्कासी यूरिया र क्रेटेनिनको मात्रा बढेपछि डायलासिसको विकल्प नभएको भन्दै चिकित्सकहरुले त्यसको तयारी गरेको उच्च स्रोतको दाबी छ। रातीनै डायलसिस भए प्रधानमन्त्तीलाई भाेली  डिस्चार्ज गरिनेछ। 

शिक्षण अस्पताल नलगेर किन लगियो ग्राण्डी अस्पताल?

प्रधानमन्त्री ओलीको यसअघि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो। उनकी नीजि चिकित्सक डा. सिंह पनि शिक्षण अस्पतालकै चिकित्सक हुन्। तर, ओलीलाई शिक्षण अस्पतालमा भर्ना नगरेर नीजि अस्पताल ग्राण्डीमा भर्ना गरिएको छ।

स्रोतका अनुसार शिक्षण अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्यको सबै रिपोर्टहरु सार्वजनिक हुन सक्ने भन्दै गोप्यता कायम गर्न ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो। ग्राण्डीमा प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा सहभागी सबै कर्मचारीमाथि सुरक्षा निगरानी राखिएको छ।

यसैबीच ग्राण्डी अस्पतालले साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उपचार नसकिएकाले अझै केही समय अस्पताल बस्नुपर्ने जनाएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीलाई के भएको  र के गरिरहेको छ भन्ने खुलाइएको छैन। 

प्रकाशित मिति: १८:२९ बजे, बुधबार, कात्तिक १३, २०७६